Jagaran Nepal शुक्रबार, कार्तिक ०५, २०७८

मुम्बई– हालैमात्र अभिनेत्री नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेकी अभिनेत्री सामन्था रुथ प्रभु अहिले चर्चामा छिन् । सामन्था र नागाको सम्बन्धविच्छेदपछि केही युट्युब च्यानल र मिडियाले अभिनेत्रीलाई लिएर विभिन्न आरोप लगाएका थिए ।

अहिले सामन्थाले तिनै फर्जी, भ्रामक र आपत्तिजनक समाचार प्रसारण गर्ने मिडियामाथि उजुरी दर्ता गरेकी छन् । सामन्थाको उजुरीका आधारमा प्रहरीले सुमन टीभी युट्युब च्यानल, तेलुगू पपुलर टीभी र केही अन्य युट्युब च्यानललाई कानूनी पत्र पठाएको छ ।

सामन्थाले यी युट्युब च्यानलले आफ्नो छवि बिगार्नका लागि भ्रामक र आपत्तिजनक समाचार प्रसारण गरेका थिए । उनले एक वकिल वेंकट रावमाथि पनि लिगल एक्सन लिएकी छन् । सामन्थाका अनुसार वेंकटले सामन्थाको वैवाहिक जीवनलाई लिएर केही दाबी गरेका थिए ।

वकिलले सामन्थाको अन्य कैयौं व्यक्तिसँग अफेयर रहेको दाबी गरेका थिए ।यी सबै आरोप–प्रत्यारोपका बीच सामन्था एक्लै बनेकी छन् । उनका पूर्वपति नागा र ससुरा नागार्जुनले सामन्थाका विषयमा चलिरहेको समाचारबारे केही प्रतिक्रिया दिएका छैनन् ।

नागासँग सम्बन्धविच्छेदपछि उनलाई एलिमनीका रुपमा २ सय करोड रुपैंयाँ अफर गरिएको थियो । जुन अफरलाई उनले अस्वीकार गरेकी थिइन् ।