Jagaran Nepal शुक्रबार, कार्तिक ०५, २०७८

छोरा आर्यन खान जेलमा रहेका बेला फेरी शाहरुख खानलाई अर्काे त’नाव थपिएको छ । शाहरुख खानको घरमा एनसीबीले आज छापा मा’रेको छ । आज मात्र छोरा आर्यनलाई भेटेका शाहरुखको घरमा एनसीबीले छा’पा हानेको हो ।

शाहरुख खान अहिले आफ्नै निवामिा रहेका छन् । ड्र’ग्स केसमा जमानत माग खारेजपछि शाहरुख छोरा आर्यनलाई भेट्न मुम्बईको आर्थर रोड जे’ल पुगेका थिए। त्यहाँ उनीहरु बीच करिब १६ मिनेट भन्दा बढी कुराकानी भएको थियो । जेल प्रशासनको नियमअनुसार भने १० मिनेटमात्र भेट्न पाइने प्रावधान रहेको छ ।

उनले जे’लको प्रोटोकल नाघ्दै आफ्ना छोरा संग गफ गरेका थिए । जमानत दिन मुम्बईको एनडीपीएस अदालतले अस्वीकार गरेपछि आर्यनलाई मुम्बईको अर्थर रोड जे’लमा राखिएको छ। यसरी जेलमा आज भेटेर आएका शाहरुख खानको घरमा एनसीबीको छापा मा’रिनुलाई निक्कै गंभीर रुपमा भारतीय संचारमाध्यमहरुले लिएका छन् ।

त्यस्तै ना’रकोटिक्स कन्ट्रोल व्युरो एनसीबी ले अभिनेत्री अनन्या पाण्डेको घरमा पनि छापा मा’रेको छ। एनसीबीले अभिनेत्री अनन्या पाण्डेलाई आज सोधपुछका लागि समेत बोलाएको छ। शाहरुख खानको घरमा छापा मा’र्नु भन्दा अगाडी अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मा’रिएको थियो। उनको घरमा छापा मारिनुको कारण भने खुल्न सकेको छैन ।