Jagaran Nepal शुक्रबार, कार्तिक ०५, २०७८

सबैभन्दा महङ्गो दूध के को होला ? अनुमान गर्न सक्नुहुन्छ ? हामी गाइ, भैँसी, बाख्रा लगायतको दूध पिउछौं । तर सबैभन्दा महङ्गो दूध के को होला कौतुहलता सबैलाई लाग्न सक्छ ।

तर अहिलेसम्म गधाको दूध सबैभन्दा महङ्गो मानिएको छ । भारतको बैंगलोरमा एक चम्चा गधाको दूधको करिब १ सय रुपैयाँ पर्छ । अधिक पौष्टिक तत्वका कारण गधाको दुध सबैभन्दा महंगो मूल्यमा बिक्ने गरेको हो ।

भर्खर जन्मेका बच्चाहरुलाई गधाको दूध पिलाउँदा रोग प्रतिरोधी क्षमता बढ्ने भन्दै यतिधेरै महङ्गा मूल्य तिर्ने गर्छन् भारतीयहरु । जसअनुसार १ लिटर गधाको दुधको लागि २ हजार रुपैयाँसम्म पर्छ ।

विशाखापटनममा एक कम गधाको दुधको लागि मानिसहरुले २ सय भारुसम्म तिर्ने गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । – एजेन्सी