Jagaran Nepal बिहिबार, कार्तिक ०४, २०७८

१२ बजिसकेको थियो, जुम्लाको भुलभुलेमा मञ्जु मल्ल (चन्द्रा) ले बिहानको खाना खाँदा। ‘आमा, मैले खाना खाएँ, अब एकछिनमा हामी हिँड्छौँ,’ उनी बाटोमा हरेक क्षणको जानकारी आमालाई दिइरहन्थिन्।

परिवारसँग छुट्टिएको समय लामो थिएन। उनीमात्र दुई हप्ता अगाडि बुटवल गएकी थिइन्। आफ्नो ‘ओजेटी’ पूरा गरेको पेपर बुझाउन। बुटवलमा ओभरसियर पढेकी उनले ओजेटीका लागि आफ्नै गाउँ छायाँनाथ–रारा नगरपालिका रोजेकी थिइन्। १८ महिनाको ओभरसियर सकिएको खुसी मनमा थियो।

परिवारकी जेठी छोरीको पढाइ पूरा हुँदा सबै खुसी थिए। अनि आँगनमै टेकेको दसैँको रौनक पनि। परिवारलाई थाहा थियो, छोरी घर फर्किँदै छिन् भन्ने। आमासँग फोनमा कुरा भइरहेको थियो। आमा छोरीको बाटो कुरेर बसेकी थिइन्। बाटोको छेउमा आमाको होटल छ।

छोरी आउँछे र सँगै घर फर्कौँला भनेर उनी बाटो कुरिरहेकी थिइन्। छाेरी नजिकै आइपुगेकी थिइन्। करिब दुई बज्नै लागेकाे थियाे। मञ्जु आमासँग फोनमा बोलिरहेकी थिइन्। ‘आमा… !’ हाँस्दै कुरा गरिरहेकी छोरी चि’च्याएको आवाज आमाले फोनमा सुनिन् ।

होटलपारिको भी’रबाट ठूलो आवाज आयो। आमाले के भयो केही मेलोमेसो पाइनन्। उता छोरी चढेको गाडी दु’र्घटना भइसकेको थियो। जुम्लाको भु’लभुलेबाट हिँडेको करिब दुई घण्टामा गाडी दु’र्घटनामा पर्‍यो। आमाछोरीको अन्तिम कुराकानी नै त्यही भयो।

मञ्जु आमासँगै घर फर्किन पाइनन्। प्रा’ण जाने बेलासम्म आमासँग कुरा गरिरहिन्। होटलबाट दु’र्घटना भएको ठाउँ नजिकै छ। देखिन्छ पनि। हिँडेर जाँदा करिब १५ मिनेटमा पुगिन्छ। परिवारका अनुसार गाडी दु’र्घटना हुँदाका बखत पनि आमा-छोरीको कुरा भइरहेको थियो।

सबैको कानमा पुगिसकेको थियो दु’र्घटनाको खबर। सबै गाउँले जम्मा भए। मञ्जुकी आमा आधा बाटोसम्म पुगिन्, त्यसपछि उनका गोडा चलेनन्। फाेनमा छोरीको अन्तिम आवाज ‘आमा’ सुनेकी उनी त्यहीँ बे’होस् भइन्। आजै होला अन्तिम भेट हुन्न होला भोलि, जानेबेला एकपटक त हेर आँखा खोली।

दुई दिनअघि मात्र यो गीतमा टिकटक बनाएर हालेकी थिइन् उनले। परिवारसँगको उनको अन्तिम भेट करिब १४ दिनअघि भएको थियो। उनको अन्तिम बिदाइ उनका आफन्तले आँखा जु’धाएर गर्न सकेनन्। मञ्जुका आँखा बन्द थिए। उनको परिवारले अब कहिल्यै भेट्न पाउने छैन।