Jagaran Nepal बुधबार, कार्तिक ०३, २०७८

एजेन्सी / सन्तान नभएका दम्पत्ति आफ्नो सन्तान प्राप्तीका लागि चिन्तित भई अनेक उपायमा लाग्छन् । त्यस्तै एउटा घटना बाहिर आएको छ । एक निसन्तान दम्पत्ति उपचारको लागि कथित डाक्टरकोमा गए । निसन्तान दम्पतीको उपचार गर्ने डाक्टरले आफ्नै अगाडि यौ”न सम्बन्ध राख्न लगाए । डाक्टरले कसको गल्ती कहाँनिर छ भनेर हेर्न चाहेको बताएपछि दम्पत्ति पनि तयार भए र उनले भने जस्तै गरे ।

तर उनीहरुको उपचार गर्ने डाक्टर सक्कली भने होइनन् भन्ने पछि थाहा पाए । हाल डाक्टरलाई अदालतले १० वर्ष जेल र १० हजार रुपैयाँ सजाय तोकेको छ । योगेश कुपेकर नामका एक व्यक्तिको सम्र्पकमा निसन्तान दम्पत्ति पुगेका थिए । उनीहरुलाई योगेश आफैले निसन्तानको डाक्टर भएको जानकारी दिएका थिए । नक्कली डाक्टरलाई दम्पतीले सन्तानको लागि जे गर्न पनि तयार रहेको बुझिसकेकाले उनीहरुलाई झुक्याए ।

उनले दम्पतीलाई आफू नजिक बोलाएर भने कि मेरो आँखा अगाडि शारीरीक सम्बन्ध राख्नु । उनले आफ्नो अगाडि सम्बन्ध राख्दा गर्भवती हुने बताएका थिए। उनले यतिमात्र गर्न लगाएनन् दम्पत्तिसँग पैसा पनि लिए । कथित डाक्टरले भने जस्तै गर्दा पनि गर्भवती नभएपछि उनीहरुलाई तनाव हुन थाल्यो । महिलाको स्वास्थ्य बिग्रदै जाँदा अस्पतालमा भर्ना गर्नुपर्यो । उसको उपचारले केही काम नगरेपछि ठगी गरेको शंका लागेर प्रहरीमा उजुरी दिए । प्रहरीले आरोपीलार्ई समातेर १० वर्षको जेल र १० हजार रुपैयाँ सजाय सुनाएको छ ।

याे पनि पढ्नुहाेस

तपाईको हातमा ‘X’ चिन्ह छ ? छ भने यस्तो हुनेछ तपाईको भविष्य ? जान्नुहोस्

हस्रतरेखाको अनुसार पुरुषको दायाँ हात र महिलाको बायाँ हातको रेखा हेर्ने गरिन्छ । हरेक व्यक्तिको हत्केलामा विभिन्न प्रकारका हस्तरेखाहरु हुन्छन् ।आज हामी तपाईलाई हत्केलामा भएको यस्तै एउटा रेखाको बारेमा बताउँन गइरहेका छौ ।

के हो हस्त रेखा ?

हस्तरेखा शास्त्रको प्राचिन ज्ञानको आधारमा हत्केलाको रेखा मानिसको व्यक्तित्व र भविष्यको सम्भावना जस्तै करियर , जीवन , विवाह, धन र स्वास्थ्यसम्वन्धी विभिन्न कुराहरु बताउँछ ।हातको रेखा हेरेर भविष्यको अनुमान लगाउन सकिने हजार वर्ष पहिलेनै हिन्दू ऋषि बाल्मीकिले ५६७ छन्द युक्त एक गन्थ्रमा उल्लेख गरेका थिए ।

हत्केलामा x हुनु

मिस्रका विद्वानका अनुसार सिकंदर महानको हातमा पनि यस्तो चिन्ह देखिएको पाइन्छ । सिकंदरको हत्केलामा बाहेक यस्तो चिन्ह अन्य व्यक्तिको हत्केलामा समेत देख्न सकिन्छ । जुन संसारमा ३ प्रतिशत मानिसको हत्केलामा मात्र पाउँन सकिन्छ ।भर्खरै हत्केलामा x रेखाको बारेमा जानकारी र यस्तो रेखा हुनेहरुको भाग्यको बारेमा गरिएको एक रिर्सच गरिएको थियो मास्को यूनिभर्सिएटीमा । उक्त रिर्सचले एक पेपरनै निकालेको छ ।

उक्त विश्वविद्यालयमा भएको शोधमा शोधकर्ताले २ मिलियन मानिसको बारेमा जानकारी एकिकृत गरेका थिए । जसमा जीवित वा मृत दुवै मानिसमा गरिएको उक्त शोधका अनुसार जुन मानिसको हातमा x चिन्ह हुन्छ उनीहरु ठूला नेता हुने , कोहि व्यक्ति लोकप्रिय वा कोहि व्यक्ति ठूला–ठूला कामको लागि प्रसिद्ध भएको भेटिएका थिए ।

के हो यसको अर्थ

जुन व्यक्तिको दुवै हातमा यस्तो रेखा हुन्छ उनीहरु ठूलो काम गरेर प्रसिद्ध हुने तथा मरेपछि पनि यादगर हुने गर्छन् । जुन व्यक्तिको एउटा मात्र हत्केलामा यस्तो चिन्ह हुन्छ उनीहरु प्रतिष्ठित हुने र सफलताले उनीहरुको कदम कदममा चुम्ने बताइन्छ ।