Jagaran Nepal मंगलबार, कार्तिक ०२, २०७८

काठमाडौं । विवाहलाई लिएर विश्वमा अनेकथरी घटनाहरु रहेका हुन्छन् । अहिले त्यस्तै अनौठो घटना बाहिर आएको छ । सोमबार गुजरातमा हजारौं विवाहहरू भए, तर जुननागढमा भएको विवाह सबैभन्दा अनौंठो मानिएको छ ।

त्यहाँ एक ५.५ फिट अग्ली केटीले ३ फिट उचाई भएको केटासँग सात फेरो लिएर अग्नी साँक्षी राखेर विवाह गरेकी छिन् । दुलहीको उमेर २९ बर्ष र दुलहाको उमेर ४२ बर्ष हो । शान्ता मकवाना बच्चैदेखि नै सत्यम सेवा युवा मण्डलको गर्ल्स होस्टलमा बस्छिन् ।

उनले जन्मजात देख्न सक्दिँनन् । तर शान्ताले बीएड गरेकी छिन् । जाम जोधपुर तहसीलका सरकारी शिक्षक रमेश भाई डाँगरले शान्तासँग विवाह गर्ने इच्छा व्यक्त गरेपछि यो बिबाह सम्भव भएको थियो ।

शान्तालेपनि स्वीकार गरेपछि दुबैको बिहे भएको हो । दुलाह सरकारी विद्यालयका शिक्षक भएको बताइएको छ ।