Jagaran Nepal मंगलबार, कार्तिक ०२, २०७८

काठमाडौं । विवाह मण्डपमा सबैका अगाडि साली र भिनाजुले गरेको हर्कतको भिडियो भाइरल भएको छ ।

सामाजिक सञ्जालमा अहिले कुनै पनि कुरा अचानक भाइरल हुन सक्छ । यस्तै, विवाहको भिडियो प्रायः सामाजिक सञ्जालमा भाइरल भइरहेको हुन्छ । यी मध्ये केहि भिडियोहरु धेरै राम्रो हुन्छन् भने केहि अनौठा हुन्छन् ।

भर्खरै, सामाजिक सञ्जालमा एक भिडियो भाइरल भैरहेको छ । उक्त भिडियोमा भर्खरै बनेका भिनाजु र सालीको मस्ति देख्न पाइन्छ । भिनाजु–सालीको सम्बन्ध रमाईलो र एक अर्कालाई जिस्काउने खालको रहेको छ ।

भिडियोमा दुबै जना एक अर्काको खुट्टा तान्नुका साथै मजाक पनि उडाईरहेका छन् । यो भाइरल भिडियोमा, भिनाजु आफ्नो सालीसंग हास्यास्पद मजाक गरिरहेका छन् ।

भिडियोमा साली आफ्ना भिनाजुलाई गुलाब जामुन खुवाउन खोज्दै छिन् । उनको एक हातमा थाली र अर्को हातमा गुलाब जामुन छ, तर भिनाजु्ले मुख खोल्ने बित्तिकै उनले फिर्ता लिने गर्छिन् ।

दुलहाले आफ्नी सालीको हातबाट गुलाब जामुन खोस्न खोज्छन्, तर उनी असफल हुन्छन् । यो धेरै पटक हुन्छ जब भिनाजुको मुख खुल्छ र सालीको हात पछाडि जान्छ ।

सँगै उभिएका आफन्तहरु पनि यो रमाइलो देखेर धेरै हाँस्छन् । यो भिडियो सामाजिक सञ्जालमा धेरै भाइरल भइरहेको छ । मानिसहरु यो रमाईलो साली–भिनाबीचको भिडियो हेरेर आनन्द लिइरहेका छन् ।