Jagaran Nepal मंगलबार, कार्तिक ०२, २०७८

काठमाडौं । सामान्यतया विवाहमा सुनका गरगहना दुलहीलाई लगाउने गरिन्छ ।

नेपालमा पनि क्षमता अनुसार मानिसहरुले गरगहना प्रदर्शन गर्छन ।

तर सबैले त्यस्तै गर्छन भन्ने हुँदैन । सामाजिक सञ्जालमा एक भिडियो खुबै भाइरल भइरहेको छ ।

विवाहमा दुलहीले पानी पुरीबाट बनेका गहनाहरू लगाएकी छिन् । भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा तपाईं दुलहीलाई देख्न सक्नुहुन्छ, जसले पानी पुरीको माला र ब्रासलेट लगाएकी छिन् । पानी पुरी पनि उनको अगाडि राखिएको छ ।

एक नातेदारले उनको टाउकोमा पानी पुरीबाट बनेको मुकुट समातेको पनि देख्न सकिन्छ ।

भिडियो भारतको भएको भए पनि कुन ठाउँमा वा प्रदेशको भनेर खुलासा भएको छैन । उनीहरुले दुलहीलाई पानी पुरीको गरगहना किन लगाइदिएका हुन् भन्ने कुरा पनि खुल्न सकिरहेको छैन ।