Jagaran Nepal मंगलबार, कार्तिक ०२, २०७८

काठमाडौ । आजैबाट लागू हुनेगरी सार्वजनिक सवारीको भाडा बढेको छ । बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । ५ किलोमिटर क्रश भएपछि फेरी थपिनेछ ।

यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।

अब काठमाडौको चक्रपथ पार गर्दा ३५ रुपैयाँ भाडा लाग्नेछ । यसमापनि डिलक्स सुविधा भएको बस भएमा २० प्रतिशत शुल्क थपेर लिन पाउनेछन् ।

यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् । विगतमा लिइएकोमा अब बाग्मती प्रदेश भूगोलमा समेत भाडा बढेको छ ।

यस्तो छ सूची