Jagaran Nepal सोमबार, कार्तिक ०१, २०७८

काठमाडौँ– ब्रोकाउली स्वादमा मात्र होइन स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ ।ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ । यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पु¥याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ । ब्रोकाउली भिटामिन सीले भरिपूर्ण हुन्छ ।

यसले प्रतिरक्षा प्रणालीलाई पनि मजबूत बनाउछ। ब्रोकाउलीले मधुमेह नियन्त्रण गर्न मद्धत गर्छ ।ब्रोकाउली छालाका लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीमा क्याल्शियम, फोस्फोरस, म्याग्निशियम र जिंक पाइन्छ। जसले शरीरका हड्डीलाई मजबूत बनाउछ।

जसले शरीरका हड्डीलाई मजबूत बनाउछ। ब्रोकाउली शरीरलाई एनीमिया र एल्जाइमर हुनबाट पनि बचाउँछ। ब्रोकाउलीमा बिटा – कैरोटीन हुन्छ जसले आँखामा मोतिबिन्दु र मस्कुलर डीजेनरेशन हुनबाट पनि रोक्छ।

कम्मर दुख्ने, अनुहारको दाग वा पोतो हटाउने अचुक ओखती कालो तिल यस्ता छन् अन्य फाइदै फाइदा
कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ। अनुहारमा चायाँ, पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यसलाई सजिलैसँग हटाउन सकिन्छ। साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ त्यसको लागि तल दिएको उपायहरुलाई नियमित प्रयोग गर्नु पर्छ।

मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ।

कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा कम्मर दुख्ने रोग निको हुँदै जान्छ।