Jagaran Nepal सोमबार, कार्तिक ०१, २०७८

काठमाडौ । राजनीतिका कारण नेपाली समाज पनि बाँडिएको छ । एउटै परिवारमा समेत फरक पार्टीका नेताहरुको समर्थक भेटिएका छन् । त्यती मात्र होइन एउटै परिवारका सदस्यहरु फरक फरक पार्टीका नेता समेत भएका छन् । नेपाल कम्युनिस्ट पार्टी समाजवादीको धादिङ्ग जिल्ला इन्चार्जमा गुरु बुर्लाकोटीको परिवार पनि राजनीतिका कारण बाँडिएको छ ।

उनी माधव नेपालको पाटीए नेकपा एसको जिल्ला इन्चार्जमा चयन भएका छन् । जिल्लाका नेताहरु मध्ये इमान्दार, पुराना र लोकप्रीय मानिने बुर्लाकोटी संविधान सभा सदस्य समेत हुन् ।

२०७० सालको निर्वाचनमा तत्काििलन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी पछिल्लो समय नेकपा निर्माणमा सक्रिय थिए । नेकपा एमाले विभाजित भएपछि जिल्ला इन्चार्जको भूमिकामा आएका बुर्लाकोटीको परिवारमा समेत पार्टी विभाजनको असर देखिएको छ ।

बुर्लाकोटीकी छोरी क्रा’न्ति बुर्लाकोटी भने केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमाले तिर लागेकी छिन् । उनी पार्टी अन्तरसंघर्षको क्रममा तत्कालिन माधव नेपाल नेतृत्वको समुहमा सक्रिय थिइन् ।

उनलाई माधव नेपाल निकट युवा संगठनमा समेत नेतृत्वकर्ताको रुपमा राखिएको थियो । तर, श्रीमान डा। सन्तोष पौडेल ओली नेतृत्वको नेकपा एमालेमा लागेसँगै उनी पनि श्रीमान समलग्न भएकै पार्टीमा लागेकी हुन् । यसअघि नेकपा एमाले निकट युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष रहेकी क्रान्तिलाई हाल वागमती प्रदेश तिर थन्क्याइएको छ ।