Jagaran Nepal सोमबार, कार्तिक ०१, २०७८

काठमाडौं- नायिका आँचल शर्मा र उनका श्रीमान उदित श्रेष्ठ दशैं बिदा मनाउन विदेश छन् । उनीहरू यतिबेला दुबईमा रमाइरहेका छन् । दुबई स्थित बुर्ज खलिफा क्षेत्रमा तस्बिर खिचाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

पछिल्लो समय म्यूजिक भिडियोमा समेत व्यस्त रहँदै आएकी आँचलले डा. श्रेष्ठसँग २०७६ को चैतमा विवाह गरेकी थिइन् । बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी छन् । अन्तर्वार्ता दिने क्रम पहिलेको तुलनामा रोकिएको छ ।आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको ।

आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहपश्चात भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ ।पछिल्लो समय उनले सामाजिक संजालमार्फत सार्वजनिक गर्ने तस्बिरहरुले उनको पहिरनको यथार्थलाई दर्शाउँछ ।

उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन् ।यतिबेला श्रीमान उदीप श्रेष्ठसँग विदेशमा घुमघाम गरिरहेकी आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन् । किनकी बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ ।तर, आँचल झन्–झन् बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् । के यो श्रीमान् उदीप श्रेष्ठको मायाको कमाल हो ?