Jagaran Nepal सोमबार, कार्तिक ०१, २०७८

काठमाडौं – बलिउडका चर्चित अभिनेता हुन् मिथुन चक्रवर्ती । फिल्म मृगया बाट बलिउडमा डेब्यु गरेका मिथुन पछिल्लो समय फिल्ममा देखिन छाडेका छन् ।

उनले भारतको राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका छन् । फिल्म मृगयाबाट अभिनय शुरु गरेका उनले सर्वश्रेष्ठ अभिनेताको लागि पहिलो राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए । १९८२ को चर्चित फिल्म डिस्को डांसर मा स्ट्रीट डांसर जिमी को भुमिका निभाएपछि उनी चर्चामा आएका थिए ।

बलिउडमा ३०० भन्दा धेरै फिल्ममा अभिनयका अलावा उनले बांग्ला सिनेमा, उडिया र भोजपुरी मा पनि अभिनय गरेका छन् । विवाह बारे चर्चा गर्दा मिथुनले किशोर कुमारको तेस्री श्रीमतीसगँ बिहे गरेका हुन् । उनीहरुको वैवाहिक जिवन राम्रो चलिरहेको थियो ।

तर केही समयपछि मनमुटाबका कारण दुई वर्षमा उनीहरु अलग भए । त्यसपछि मिथुनले अर्को विवाह गरे । उनले १९८९मा योगीतासँग विवाह गरेका हुन् ।