Jagaran Nepal शनिबार, आश्विन ३०, २०७८

दाँत बाङ्गा-टिङ्गा हुनबाट बचाउने उपाय यसका लागि दुधे दाँतहरुको स्याहार अपरिहार्य हुन्छ, जसमा नियमित दिनको दुई पल्ट (बिहान खानपछि र राति सुत्नुअघि) दाँत ब्रस गर्नुपर्छ। साथै गुलियोजन्य पदार्थ सेवन न्यूनीकरण गर्ने र सेवन पश्चात तुरुन्त मुख कुल्ला गर्ने वा दाँत ब्रस गर्ने बानी बसाल्नुपर्छ।

दाँतहरु साट्टिने समय निकै बहुमूल्य भएको हुँदा ६-१२ वर्षसम्म प्रत्येक ३/३ महिनामा अर्थोडोन्टिक विशेषज्ञसँग परामर्श लिनुपर्छ। यस अवधिमा आवश्यकताअनुसार स्पेस एनलाइसिस गरेर विभिन्न प्रकारका उ,पचार गर्न सकिन्छ।

बच्चाहरुको मुखसम्बन्धी विभिन्न न,राम्रा बानीहरु जस्तै औला चुस्ने, जिब्रो दाँतहरुको बीचमा खेलाउने, मुखबाट श्वास फेर्ने कुराहरुको समयमै पहिचान गरी आवस्यकता अनुसार छुटाउनुपर्छ। अनुहारका हड्डीहरुको अनुपात भिन्नता देखा परेमा तिनीहरुको वृद्धि विकासलाई परिवर्तन गरी सुन्दर स्वरुप बनाउन सकिन्छ। पछिल्लो समय जेनेटिक थेरापी मार्फत पनि दाँत तथा अनुहारको स्वरुपलाई सुन्दर बनाउने प्रयास भइरहेको छ।

नमिलेका दाँतको उ,पचार (अर्थोडोन्टिक) के हो?: यस उपचारमा अक्सर दाँतलाई ब्रेस र तारले बाँधेर मिलाउने गरिन्छ। प्रायजसो दाँतको बाहिरी भागमा ब्रेस र तार राखी गरिने उपचार नै बढी प्रचलनमा देखिन्छ। यसरी गरिने उपचार प्रविधि बाहिरबाट देखिने भएको हुँदा कतिपयको हकमा सम्भव नहुन सक्छ।

यसको लागि दाँतको भित्री सतह (जिब्रो पट्टिको भाग) मा ब्रेस लगाएर उपचार गर्ने प्रविधि नेपालम़ा पनि सुरु भएको छ। साथै ब्रेसको प्रयोग बिना नै दाँत मिलाउन सकिन्छ, जसलाई क्लियर एलाइनर थेरापी भनिन्छ।