Jagaran Nepal शनिबार, आश्विन ३०, २०७८

अनुहारमा पिम्पल आएर सुन्दरतालाई कायम राख्न सक्नु आजको आम मानिसको स्वास्थ्य चुनौतिको रुपमा आएको छ । बजारमा पिम्पल हटाउने अनेकौं क्रिम पनि आएका छन् तर त्यसले पनि काम नगर्दा चिन्तामा हुनुहुन्छ भने अप्नाउनुहोस घरेलु उपाय :

कसरी लगाउने
कुनै सिसाको भाँडोमा एक चम्मच नुन राख्नुहोस । त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका लागि पर्खनुहोस् ।त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि नुन र महको मिश्रण अनुहारमा लगाउनुहोस् । फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस् ।

भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस् । कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस् । एक हप्तामा कम्तिमा दुईपटक यस्तो गर्नुहोस् ।नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । र ब्याक्टेरियाको नाश गर्छ। यस्तै मह प्राकृतिक मस्चराइजर हो । जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार पनि ल्याउँछ ।

पिम्पललाई ननिचोर्ने
अनुहारमा सानोतिनो पिम्पल आइहाल्यो भने हामी त्यसलाई निचोर्न थाल्छौं । जुन एकदम सरासर गलत कार्य हो । अनुहारमा पिम्पल आइहाल्यो भने पनि त्यसलाई कहिल्यै पनि ननिचोर्नुहोस् । पिम्पल निचोर्नाले उसको छेउछाउमा पिम्पल हुनुको सम्भावना अझ बढने गर्छ । यदि हुन सक्छ भने तपाईले पिम्पललाई छुन पनि नछुनुहोस् । त्यो पिम्पललाई जति जिस्कायो, उति जिस्किन्छ र तपाईको अनुहारको सुन्दरता लाई कम गरिरहेको हुन्छ ।

हामीले केहि थप जानकारी दिइएका छाै
हाम्राे घरमा रहेको अदुवा जीवनबुटी हो, यसको सेवनले क्यान्सर, अम्लीय, सुगर चैट अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ ।

जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ । अदुवाले बिभिन्न प्रकारका रोग निको पार्छ ।हामीले अदुवा सजिलोसंग नै बजारमा पाउन सक्छौ । पानी उमालेर अदुवाको सानो सानो टुक्रा त्यसमा हालेर खादा पनि हाम्रो घाटी दुखेको, छाती दुखेको निको हुन्छ ।

अदुवा हामी सबैको भान्सामा हुन्छ । यसलाई तरकारी पकाउदा मिलाएर खाने गरेको पाइन्छ । तर यसको खाने तरिका र नियमित सेवन गर्न सके यो जीवन बुटी समान हुनेछ ।अदुवा हामी मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । अदुवाले खानाको स्वाद बढाउन मद्धत गर्छ । अदुवालाई आयुर्वेदमा औषधि बनाउनको लागी प्रयोग गर्ने गर्छौं ।अदुवालाई हामी घरेलु उपचारको लागी विभिन्न समस्याहरुले सताउँदा प्रयोग गर्न सक्छौँ । त्यसैले यो हाम्रो लागी निकै फाइदाजनक छ। अदुवालाई हामी काचैं पनि चपाउन सक्छौँ । यसलाई चियामा हालेर पनि चिया पिउन सकिन्छ ।