Jagaran Nepal शनिबार, आश्विन ३०, २०७८

काठमाडौं – विश्वमा घुम्नै परर्ने सुन्दर र शान्त ठाउँ धेरै छन् । नयाँ ठाउँमा घुम्न जाँदा सबैलाई असाध्यै स्वर्गीय आनन्द हुन्छ । यस्तै विश्वको यस्तो ठाउँ छ, जहाँ जाँदा निकै आनन्द हुन्छ ।

तपाईले एक ठाउँमा उभिएर दुई देशलाई मात्र देख्न सक्नुहुन्छ । तर विश्वको एउटा यस्तो ठाउँ छ, जहाँबाट एकैपटक ३ देशलाई देख्न सकिन्छ । अर्जेन्टिना, ब्राजिल र पाराग्वे जस्ता विश्वका पर्यटकीय देशलाई एकै स्थानबाट हेर्न त्यहाँ विश्वभरकै मानिसहरु पनि आउने गर्छन् ।

उक्त ठाउँ पुग्न पराना र इगुआजु नामका दुई नदीले छुट्याएको पुलमा जान सकिन्छ । जुन स्थानबाट ३ देशलाई खुला आँखाले सजिलै देख्न सकिन्छ । ब्राजिल र अर्जेन्टिनालाई जोड्ने अन्तर्राष्ट्रिय पुल र ३ वटै देशले पर्यटकलाई तान्न बनाएको रणनीतिका कारण पनि यहाँको माहोल निकै रोमाञ्चक देखिने गर्छ ।

यो पनि पढ्नुहोस –धेरै मानिसहरुले आफ्नो अनौठो प्रतिभा देखाएर गिनीज बुक अफ वल्र्ड रेकर्ड राख्ने गर्छन् । यस्तै कुकुरले पनि वल्र्ड रेकर्ड राख्न सफल भएको छ ।अमेरिकाको उक्त कुकुरको कान १२ दशमलव ३८ इन्च लामो भएका कारण गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न सफल भएको हो ।

लामो कान भएको उक्त कुकुरको नाम लु हो ।लु ३ बर्षको पोथि कुकुर हो । यो कुकुरको कानको लम्बाई अरु कुकुर भन्दा एकदमै धेरै छ । जिबित कुकुरमा सबैभन्दा लामो कान भएकोमा रेकर्ड रहेको हो । लु कुकुरको मालिकनी पेइज ओल्सेन हुन् ।उनले लु लाई घरमा माया गरेर पालेकी छिन् ।

लु को कान ठुलो हुँदै गएपछि ओल्सेनले उनले नापिन् ।कान धेरै ठुलो रहेको पाएपछि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा निवेदन दिएकी थिइन् । कुकुरको कानको जाँच पनि उनले गराइन् । कुकुरमा कुनै शारिरिक समस्या नरहेको चिकित्सकले पनि बताए ।