Jagaran Nepal शुक्रबार, आश्विन २९, २०७८

काठमाडौं । तपाईं एकाबिहानै एक अपरिचित व्यक्तिबाट ‘तपाईंको बाथरुमको झ्यालबाट सबै देखिन्छ’ भन्ने चिठी पाउनुभयो भने के गर्नुहुन्छ ?

धेरै पटक यस्तो हुन्छ कि कुनै कारणले घरमा भएको झ्यालबाट भित्र हुने सबै दृश्यहरु देख्न सकिन्छ ।

अहिलेको समयमा झ्यालमा काठको सट्टा सिसा प्रयोग हुन थालेपछि यस्तो समस्या आम मानिसको साझा जस्तै भएको छ ।

त्यसकारण मानिसहरु कोठामा पर्दा लगाउछन् । पर्दा सामान्यतया उज्यालो तथा धुलोलाई छेक्ने उदेश्यले झ्याल तथा ढोकामा लगाइने तथा स्नानघरमा पानी छेक्ने उदेश्यले लगाइने कपडाको टुक्रा हो ।

साथै पर्दाको प्रयोग कुनै मञ्चमा पृष्ठभूमीलाई दर्शकदिर्घाबाट नदेख्नको लागि पनि गरिन्छ ।

यसबीच, एउटा अत्यन्त रोचक घटना घटेको छ । एक महिलाले अपरिचित व्यक्तिबाट चिठी पाइन्, त्यसमा लेखिएको थियो, ‘तपाईको बाथरूमबाट सबै कुरा देख्न सकिन्छ ।’

यो रोचक घटना बेलायतको ग्रेटर म्यानचेस्टरमा देखा परेको हो । त्यहाँको स्टकपोर्टमा महिलाको घर छ । डेली मेलको एक रिपोर्ट अनुसार २६ वर्षीया सारा याट्सले स्थानीय मिडियालाई बताइन् कि उनी र उनको परिवारका अन्य सदस्यहरू सँगै बस्छन् ।

त्यसबीचमा एक दिन उनी आफूले पाएको चिठी पढेर स्तब्ध हुनुपर्यो । त्यो चिठीमा उनको घरको बाथरूमको झ्यालको बारेमा लेखिएको थियो ।

चिठीमा, एक अपरिचित व्यक्तिले लेखेका थिए, ‘जब तपाईहरू नुहाउनुहुन्छ, सबै कुरा बाथरूमबाट देखिन्छ । तपाईको बाथरूममा तपाईले केहि राख्नु पर्छ । म ढोका ढकढक्याएर तपाईंलाई लज्जाबोध गराउन चाहन्न, धन्यवाद ।’

ति व्यक्तिले यो चिठी महिलाको घरको ढोकामा राखेका थिए । पेशाले एक पत्रकार, साराले बताइन् कि उनले हालसालै उनको पहिलो घरको जिर्णोद्धार गरेकी थिइन् ।

त्यस समयमा केही कुरा हराएको वा छुटेको अनुमान गरिएको छ । उक्त रिपोर्टमा ती महिला भर्खरै ग्रीसमा छुट्टी मनाएर फर्केको कुरा उल्लेख गरिएको छ । त्यस पछि उनले चिठी प्राप्त गरेकी हुन् । उनलाई थाहा छैन कि त्यहाँबाट कसरी सबै कुरा देख्न सकिन्छ ।

साराले १० दिन क्वारेन्टाइनपछि मर्मत गर्ने बताएकी छिन् । चिठी भनेको आफ्ना विचारहरू अरूसमक्ष पुर्याउनका लागि कुनै व्यक्ति वा संस्थाले तयार परेको लिखित सन्देश हो ।

चिठीको लेखन सूचना, मनको भावना, सन्देश, समाचार आदि पठाउनका लागि गरिन्छ । तर यो चिठीले भने कसैलाई अनौठोमा पारिदिएको छ । चिठी लेख्ने व्यक्ति को हुन् खुल्न आएको छैन ।