Jagaran Nepal शुक्रबार, आश्विन २९, २०७८

भारतीय संचारमाध्यममा यतिबेला बलिउड स्टार शाहरख खानका छोरा आर्यनको विषयमा दैनिक विभिन्न टिका टिप्पणी भइरहेका छन्। अ’वैध मानिएको रे’भ पार्टीमा सहभागी उनी हाल जे’लमा छन्।

अर्थात् महलजस्तो घरमा बस्ने आर्यनले यतिबेला जे’लको हावा खाइरहेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी आर्थर रो’ड जे’लमा बसेको आज पाँच दिन पुगेको छ। अक्टोबर ८ दिउँसोदेखि उनलाई उक्त जेलमा ल्याइएको थियो। जिन्युज इन्डियाका अनुसार

जे’लमा कै’द आर्यनको अवस्था दिनप्रतिदिन द’यनीय हुँदै गएको छ। उनले जे’लमा आएदेखि खाना ठीकसँग खाइरहेका छैनन्। खबरका अनुसार उनले पछिल्ला ४ दिनदेखि क्या’न्टिनबाट किनिएको बिस्कुट मात्र खाएर ज्यान जोगाइरहेका छन्। मुम्बईबाट गोवा जाँदै

गरेको क्रुज पानीजहाजमा ड्र’ग्स पार्टी गरिरहेका बेला आर्यनसहित ८ जनालाई पक्राउ गरिएको थियो। त्यसयता दुईपटक आर्यनलाई ज’मानतमा छाड्न आग्रह गरिएको थियो यद्यपी अदालतले अनुसन्धान वि’थोलिन्छ भन्दै आर्यनलाई हि’रासतमा लिएको हो।