Jagaran Nepal मंगलबार, आश्विन २६, २०७८

करिव ३० वर्ष अघि देह व्यापारमा लागेको केहि महिनापछि नै माक्साइन दूगन आफ्नो ग्राहकको गल्तीको कारण गर्भवती बन्न बाध्य भएकी थिइन् । अलास्काको एन्कोरेजको मसाज पार्लरमा आएका एकजना नयाँ ग्राहकले यौ’न स’म्प’र्कको क्रममा अचानक उनलाई थाहै नदिई क’न्डम निकालेका थिए ।

यो कुरा चाल पाउना साथ उनी बाथरुम तर्फ दगुरिइन् । फर्कँदा ग्राहक हिंडिसकेका थिए । त्यतिवेला उनी बिस वर्षकी थिइन् । उनले नजिकैको हेल्थ किलनिकमा गएर चेक गराइन् । धन्न , कुनै यौ’न सं’क्रमित रोग नलागेको रहेछ ।

तर छ साता पछि उनले गर्भपतन गराउनु प-यो । त्यसका लागि उनको ३ सय डलर खर्च भयो । एक महिना समम उनले पेशा पनि चलाउन सकिनन् । त्यतिवेला ति ग्राहकले गलत काम गरेपनि कानुनी रुपमा त्यो कार्य अपराध थिएन ।

तर अहिले कुनै पनि व्यक्तिले पार्टनरको सहमति बिना त्यसरी क’न्डम फु’का’ल्न नपाउने भएको छ । यस्तो कानुन बनाउने क्यालिफोर्निया अमेरिकाकै पहिलो राज्य भएको छ । गत विहिवार क्यालिफोर्नियाका गवर्नर ग्याभिन न्युजोमले कन्डम दुरुपयोग प्रतिवन्धित हुने विधायकमा हस्ताक्षर गरेका छन् ।

अब देखि यस्ते कार्यमा पिडितले पूर्ण रुपमा कानुनी उपचार पाउने भएको छ । संयोगले दुई दशक अघिका पिडित दूगन पनि अहिले सानफ्रान्सिस्कोमा नै वसोवास गर्छन ।

Email: [email protected]il.com