Jagaran Nepal मंगलबार, आश्विन २६, २०७८

कार्डिएला–द–इम्प्रेस क्रुजमा चलिरहेको हाइप्रोफाइल रेव पार्टीबाट पक्राउ परेपछि नै शाहरुख खानका छोरा आर्यन खान नारर्कोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा छन् ।

शुक्रबार मुम्बईको अदालतमा आर्यनको जमानत याचिकामा सुनुवाई भएको थियो जसलाई खारेज गरिएको छ । जमानत याचिका खारेज भएपछि अब अदालत बाहिरबाट गौरी खानको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनी रोइरहेको देखिएकी छिन् ।

भिडियोमा गौरीले अनुहार ढाकेर रोइरहेको देखिएकी छिन् । गौरीको आँखाबाट लगातार आँसु बगिरहेको थियो जसलाई उनी लुकाउने कोसिस गरिरहेकी छिन् । यो भिडियो ८ अक्टोबरको हो जुन दिन गौरीको जन्मदिन पनि थियो ।

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका छन् ।

७ अक्टोबर उनले एनसीबीको कार्यालयमा नै बिताए । यसका साथै अन्य ८ आरोपी पनि एनसीबीको कार्यालयमा उपस्थित रहे । आर्यन खानलाई जेल लिएर जाँदै गरेका केही तस्बिर भारतीय सञ्चार माध्यम आजतकले सार्वजनिक गरेको छ ।