Jagaran Nepal मंगलबार, आश्विन २६, २०७८

काठमाडौ । नेपालमा अहिले बहुविवाहको कुरा जल्दोबल्दो रुपमा उठिरहेको छ । संविधानले बहुविवाहलाई कानुनी अपराध नैं मान्ने गरेको छ । आज हामी नेपाल भन्दा बाहिरको देशको बारेमा कुरा गरिरहेका छौं ।

लाखौंको संख्यामा नेपाली कामदार रहेको देश युएइमा अब बहुविवाह गर्ने पुरुषले दोब्बर फाइदा पाउने भएका छन । पछिल्ला दिनहरुमा युएई लगायत केही विकसित मुलुकहरुमा महिला र पुरुषको संख्यामा समानता रहेको छैन ।

एक अध्यनले के देखाएको छ भने युएईमा पुरुषको संख्यामा महिला धेरैं रहेका छन । सरकारले महिलाहरुको यो समस्यालाई मध्यनजर गर्दै भत्ता दिएर एक पुरुषले दुई महिला राख्न पाउँने कानुन ल्याउन लागेको जनाइएको छ । युएईका मन्त्री अबदुल्ला बेलहफ अल नुइमीले यस्तो प्रस्ताव अगाडी ल्याएका छन । अब त्यहाँ अविवाहित महिलाको संख्या कम हुने भएको छ ।

पुरुषहरुले शेख जायाद हाउजिङ कार्यक्रम अन्तरर्गत भत्ता पनि पाउँने भएका छन । यसैले बहुबिबाह अर्थात दुईवटी श्रीमती बिबाह गर्न आँट गर्ने पुरुषलाई सरकारले नै भत्ता दिनेछ । एजेन्सी

यो पनि पढ्नुहोस

काठमाडौं । विश्वमा धेरै आश्चर्यचकित कुराहरुमा रेर्कड बन्ने गरेका छन् । यो बीचमा अहिले बाहिर आएको एक विश्व कीर्तिमानले सबैलाई हैरान बनाएको छ ।

टर्कीमा बस्ने एक ७१ वर्षीय पुरुषले संसारको सबैभन्दा ठूलो नाक भएको कीर्तिमान कायम गरेका हुन् । ७१ वर्षीय मेहमेट ओजुरेकले विश्वको सबैभन्दा ठूलो नाक भएको विश्व कीर्तिमान बनाएका हुन् । उनको नाक लगभग ३।५ इन्च लामो छ ।

गिनीज वर्ल्ड रेकर्ड्सले उनलाई ११ बर्ष पहिले सबैभन्दा लामो नाक हुने उपाधि दिएको थियो, तर उमेर संगै उनको नाक लगातार लामो हुँदैछ ।

मेहमेटको नाक संसारमा भएका सबै मानिसहरुमो नाक भन्दा लामो छ । द मिररको एक रिपोर्ट अनुसार, कुनै पनि जीवित व्यक्तिको यो समयमा यति ठूलो नाक छैन ।

तपाईंलाई जानकारी गराउ कि मेहमेटलाई आधिकारिक रूप मा सन् २०१० मा जिवित मानिसहरुबीच सबैभन्दा लामो नाक भएको व्यक्तिको कीर्तिमान मिलेको थियो । मेहमेट भन्छन् कि उनको नाकको लम्बाई अझै बढिरहेको छ ।

तपाईंलाई जानकारी गराउ कि इतिहासमा सबैभन्दा लामो भएका व्यक्ति मेहमेट मात्रै होईनन् ।

१८औं शताब्दीमा, थोमस नामक एक व्यक्ति थिए, जसको नाकको लम्बाई १९ सेन्टीमिटर (७.४८ इन्च) थियो, तर उनी अब जीवित छैनन्, त्यसैले सबैभन्दा लामो नाक हुने कीर्तिमान मेहमेटको नाममा गएको हो ।