Jagaran Nepal सोमबार, आश्विन २५, २०७८

काठमाडौं । नेपालबाट मनसुन बाहिरिन शुरू गरेसँग वर्षाको सम्भावना न्युन रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा रहेको जानकारी दिइएको छ ।

आगामी २४ घण्टा देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

महाशाखाका अनुसार देशको पहाडी भू–भाममा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीको कुरा गर्दा देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।