Jagaran Nepal आइतबार, आश्विन २४, २०७८

मेष–यो साता रमाइलो यात्राको योग रहेको छ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । शुभारम्भको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष–यो साता वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शिक्षामा सफलता पनि मिल्नेछ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउन सक्छन् । व्यापार व्यवसायमा वाधा आउनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पर्पल वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन–यो साता धार्मिक तथा सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मध्य सातामा मनमा निराशा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट–यो साता प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । नयाँ व्यक्तिसँग भेटघाट होला । पार्टी, पिकनिक तथा मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । शेयर बजारबाट पनि नोक्सानी मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग खैरो वा रातो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

सिंह–यो हप्ता नसोचेको ठाउँबाट धनागम हुनसक्छ । सफल यात्राको योग रहनेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंको सकारात्मक विचारलाई समर्थन गर्नेछन् । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या–यो सातामा पुनर्मिलनको योग रहेको छ । भोज र मनोरञ्जनमा सहभागिता भइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला–यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । भौतिक कारोबारमा र शेयरको कारोबारबाट सफलता मिल्नेछ । सामाजिक र राजनीति कार्यमा सफलता मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग निलो वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

वृश्चिक–यो साता सहकर्मीबाट विरोध आउला । आर्थिक कारोबारमा विवाद आउनेछ । कसैले झुटो आश्वासन पनि दिन सक्छन् । बुधवारबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक र राम्रो धन लाभ पनि हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु–यो साता रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेश भगवानको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर–यो समय निकै उत्साहजनक रहनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफन्तहरूसँग भेटघाट हुनेछन् । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रन सक्छ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ–यो हप्ता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । रमाइलो र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । मध्य साताबाट धर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग कालो वा खरानी रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको आरधना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिन– यो साताको प्रारम्भिक दिनमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बुधबारबाट लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट राम्रो हुनेछ ।