Jagaran Nepal शनिबार, आश्विन २३, २०७८

काठमाडौं । २७ वर्षीया महिलालाई डर धम्की दिएर जबरजस्ती करणी गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका ९ नलिन्चोक बस्ने ३३ वर्षीय विजय महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १९ गते सोही नगरपालिका १० चित्तपोलस्थित रिसोर्टमा विजयले ती महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै, हाे-हल्ला गर्दै तास खेलेकाे भन्दै १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। गए राति १ बजे भक्तपुरकाे चाँगुनारायण नगरपालिका-४ खाेरिया गाउँमा २१ वर्षीय ईश्वर तामाङले सञ्चालन गरेकाे पुल हाउसमा हाे-हल्ला गर्दै तास खेलेका १६ जनालाई पक्राउ गरिएकाे हाे।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक सुदन के.सी. को नेतृत्त्वमा खटेकाे टाेलीले ४१,३५० रुपैयाँ र १ बुक तास सहित १६ जनालाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिम (जुवा सम्बन्धि कसुर)मा अनुसन्धान गरिरहेकाे छ।

पक्राउ परेकाहरूमा पुल हाउस सञ्चालक ईश्वर तामाङ, विष्णु ब तामाङ, अजेय पुडासैनी, तिलक तामाङ, सुरज तामाङ, सुमित तामाङ, प्रेम तामाङ, आलोक तामाङ, अरुण तामाङ, नवराज तामाङ, बादल तामाङ, सय कुमार तामाङ, लोकेश तामाङ, गौतम तामाङ, रोशन तामाङ र वीर तामाङ रहेका छन्।