Jagaran Nepal बिहिबार, आश्विन २१, २०७८

भारतीय टिभि सो कौन बनेका करोडपति एक चर्चित कार्यक्रम हो । यस कार्यक्रममा अभिनेता अमिताभ बचनले चलाइरहेका छन् । कौन बनेगा करोडपति १३ औं संस्करणमा पुगेको छ ।

च्यानलले आउँदो एपिसोडको प्रोमो सेयर गरेको छ जहाँ एक प्रतियोगीले अमिताभ बच्चनको अगाडि उनकी बुहारी ऐश्वर्या राय देखेर डाहा लाग्ने गरेको बताइन् ।प्रतियोगी दिव्या सहाय हटसीटमा बसेर अभिताभसँग भन्छिन्, ‘मलाई तपाईंकी बुहारी नानीसँग असाध्यै डाहा हुन्छ ।

अमिताभले सोध्छन्, ‘किन जलन हुन्छ तपाईंलाई ?’ दिव्या थप्छिन्, ‘सय वर्षमा कोही महिला यती सुन्दर जन्मिन्छिन् ।’ दिव्याको कुरा सुनेर अमिताभले उनलाई धन्यवाद भन्छन् ।कौन बनेगा करोडपति १३ मा एकपछि अर्का रमाइला प्रतियोगी देख्न पाइएको छ ।

यी सबैसँग अमिताभको ठट्टा पनि चलिरहन्छ ।ऐश्वर्या रायले हालै पेरिस फेसन विक २०२१ मा आफ्नो जादु बिछ्याइन् । कार्यक्रममा सहभागी भएको उनको तस्बिर सार्वजनिक भएको छ । सेतो पहिरनमा ऐश्वर्याले र्याम्प वक गरेकी थिइन् ।ऐश्वर्याले लोरियल पेरिसको तर्फबाट र्याम्प वक गरेकी हुन् ।

ऐश्वर्या थुप्रै वर्षदेखि लोरियलकी ब्रान्ड एम्बेडसर पनि हुन् ।ऐश्वर्या यो कार्यक्रममा अभिषेक बच्चन र छोरी आराध्या बच्चनसँग पुगेका थिए ।एजेन्सी