Jagaran Nepal बुधबार, आश्विन २०, २०७८

एजेन्सी । एक महिलाले अनलाइनवाट सामान मगाएकी थिइन् । डेलिभरी गर्ने मानिसले सामान ल्याएर ति महिलाको घरको ढोका बाहिर राखिदियो । जब ति महिलाले सामान लिन आफ्नो घरको ढोका खोलिन् सामान त्यहाँ थिएन । भनेको समयमा सामान नपाएपछि उनले अनलाईन सामान दिने त्यो कम्पनीलाई सम्पर्क गरिन् । तर कम्पनीले सामान डेलिभरी भैसकेको जानकारी दियो ।

ति महिलाले आफ्नो घरको सीसीटीभी क्यामेरामा हेरिन् । जुन दृष्य देखिन् त्यसले उनलाई अचम्म बनायो । उनको सामान भालुले लिएर गएको सीसीटीभी क्यामेरामा देखियो । यो घटना अमेरीकामा भएको हो । अमेरिकाको कनेक्टिकटस्थित ब्रिस्टलमा एक महिलाले आफ्नो घरको ठेगना दिदैँ अमेजन अनलाईनबाट एक सामान मगाएकी थिइन् ।

अनलाइनमा सामान किनेकी ब्रिस्टल निवासी क्रिस्टिन लेविन जब आफ्नो अर्डर लिन बाहिर आइन तब उनले सामान पाइनन् । उनले आफ्नो सामान कसैले चोरी गरेको शंका गरीन् र सिसिटिभी फुटेज हेरीन् । तब मात्र अनलाइन सपिङमा किनेको सामान अरु कसैले नभई एक भालुले लिएर गएको पत्ता लाग्यो । भालुले चोरेको सामान चाँहि ट्वाइलेट पेपर थियो ।