Jagaran Nepal मंगलबार, आश्विन १९, २०७८

एजेन्सी । कौन बनेगा करोडपति १३ मा प्रतियोगीहरु पनि निकै रमाइला आउने गरेका छन् । उनीहरुको एकपछि अर्का रमाइला किस्सा देख्न पाइन्छ । प्रतियोगीहरुसंग अमिताभ आफै निकै ठट्टा गरेको देखिन्छन् । च्यानलले आउँदो एपिसोडको प्रोमो सार्वजकिन गरेको छ । जसमा एक जना प्रतियोगीले अमिताभलाई उनको बुहारी प्रति आफु फिदा भएको बताउँछिन् ।

उनले अमिताभको बुहारी ऐश्वर्या रायलाई देखेर ज ल न हुन्छ भनेकी छन् । जहाँ एक प्रतियोगीले अमिताभ बच्चनको अगाडि उनकी बुहारी ऐश्वर्या राय देखेर डाहा लाग्ने गरेको बताइन्, अमिताभले पनि तुरुन्तै जवाफ दिए ।

प्रतियोगी दिव्या सहाय हटसीटमा बसेर अभिताभसँग भन्छिन्, ‘मलाई तपाईंकी बुहारी नानीसँग असाध्यै डाहा हुन्छ । अमिताभले सोध्छन्, ‘किन ज ल न हुन्छ तपाईंलाई ? ’ दिव्या थप्छिन्, ‘सय वर्षमा कोही महिला यती सुन्दर जन्मिन्छिन् ।’ दिव्याको कुरा सुनेर अमिताभले उनलाई धन्यवाद भन्छन् ।

ऐश्वर्या रायले हालै पेरिस फेसन विक २०२१ मा आफ्नो जादु बिछ्याइन् । कार्यक्रममा सहभागी भएको उनको तस्बिर सार्वजनिक भएको छ । सेतो पहिरनमा ऐश्वर्याले र्याम्प वक गरेकी थिइन् । ऐश्वर्याले लोरियल पेरिसको तर्फबाट र्याम्प वक गरेकी हुन् । ऐश्वर्या थुप्रै वर्षदेखि लोरियलकी ब्रान्ड एम्बेडसर पनि हुन् । ऐश्वर्या यो कार्यक्रममा अभिषेक बच्चन र छोरी आराध्या बच्चनसँग पुगेका थिए ।