Jagaran Nepal मंगलबार, आश्विन १९, २०७८

काठमाडौ । वैदेशिक रोजगारी लाखौं नेपालीको रहर नभइ बाध्यता बनिसकेको छ । स्वदेशमै रोजगारी नपाउँदा वैदेशिक रोजगारीमा गएर परिवार पाल्ने सुन्दर सपना बोक्दै लाखौँ नेपाली मलेसिया र खाडी राष्ट्रका विभिन्न गन्तव्यमा पुगेका छन् ।

आम युवाको अरब सपनाभित्र परिवारको सुख, सन्तानको शिक्षादीक्षा र सुन्दर भविश्यको सपना पनि जोडिएको छ । तर त्यहाँको कष्ट सुनिसाध्य छैन । अरब मुलुक हो । नेपाली हावापानीमा जन्मिएर हुर्किएका लागि त्यो त्यसैपनि अति जटिल छ ।

गर्मी अत्याधिक छ । अहिले कुवेतमा अत्याधिक गर्मी छ । त्यहाँ तापक्रम मापन गर्ने यन्त्रले नै न्युनतम ३० डिग्री सेल्सियस देखि ४६ डिग्री सेल्सियस सम्म देखाइरहेको छ । ४६ भन्दा माथी हत्तपत्त नदेखाउनेगरी यन्त्रहरु जडान गरिएको छ ।

शुक्रबार दिउँसो १२ बजे अधिकतम ५० डग्री सेल्सियस र न्युनतम मात्र ४६ डग्री सेल्सियस मापन गरिएको थियो । यो अत्याधिक गर्मी हो । तर स्मार्ट वाचहरुमा ७५ डग्री सेल्सियससम्म देखाएको रेकर्ड छ । ६५ डग्री सेल्सियस सम्म त प्राय देखाउँछ नै । गर्मी अत्याधिक भएपछि देख्न सकिन्छ सडकका अलोकत्राहरु पग्लिरहेका छन् ।

सडकमा भएका प्लाष्टिकका सामान पग्लिरहेको देख्न सकिन्छ । पानी उम्लिए बराबर भएको हुन्छ । गाडीहरुका रंगहरु पग्लिएर तप्प तप्प चुहिरहेको देखिन्छ । यस्तो ठाउँ जहाँ मानवको कल्पना नै गर्न सकिन्न । तरपनि बाहिरी फिल्डमा काम गर्नुपर्ने हुन्छ ।

याे पनि
पूर्व युवराज पारस शाहको निजी कारको फोटो किन खिच्न पाइँदैन ?

काठमाडौं – पूर्व युवराज पारश शाह अरु राज परिवारका सदस्य भन्दा निक्कै फरक शैलीका छन्। यहि फरक शैलीका कारण पनि बेला बेलामा चर्चामा आउने गर्छन्। बाहिरबाट उनको स्वभाव नराम्रो देखिए पनि भित्रबाट उनी निकै मिलनसार भएका उनका नजिकका साथीहरु बताउने गर्दछन्।

पारश शाहाको जन्म वि:स २०२८ सालमा राजा ज्ञानेन्द्र शाहा र रानी कोमल राज्य लक्ष्मी शाहाको कोखबाट भएको थियो। उनी ज्ञानेन्द्रका एक्ला छोरा हुन्। उनकी एक बहिनि छिन्। उनि २८ वर्षको हुँदा हिमानी शाहसँग विवाह गरे। अहिले उनका ३ वटा सन्तान रहेका छन्। तर अहिले भने उनीहरुको सम्बन्ध निकै बिग्रेको देखिन्छ। उनले नेपालका मात्र हैन विदेशी स्कुल, कलेज पनि निक फेरेका थीए।

बेला बेलामा विभिन्न कारण समाचारको हेड्लाइन बन्ने पारश आजकल निकै साधु सन्तको भेषमा देखिन्छन्। यति मात्र हैन कि उनले राजा बन्न पनि मन नभएको भनेर उनले एक अन्तरवार्तामा भनेका थिए।

पारश शाहाका पिता राजा ज्ञानेन्द्र राजाको भने निक्कै सम्पत्ति रहेको छ। उनि एक व्यपारी पनि हुन्। तर पारश भने अरु भन्दा निकै फरक भएका कारण उनलाई यो सम्पत्ति पैसा भन्दा पनि प्रकृतिसँग रमाउने र आफु खुल्लारुपले हिँड्न पाए पुग्छ भन्ने मनासाय भएका कारण नै उनीसँग धेरै सम्पति छैन।

किन खिच्न पाइँदैन कारको फोटो ?

उनको नाममा भएको सम्पत्ति भने एउटा बाइक छ। जुन बाइकको मूल्य नेपाली बजारमा ६० लाख रहेको छ। त्यसका साथै एउटा अपार्टमेन्ट रहेको छ। अनि आज सम्म पनि सायद थोरै मानिसलाई थाहा भएको कुरा भनेको उनको एउटा गाडि रहेको छ। जुन कुरा धेरैलाइ थाहा छैन।

त्यो गाडिको नाम भनेको ट्राइफ स्पिटफायर १५०० हो। जस्सको आज सम्म फोटो कसैले पनि खिच्न पाएको छैन्। एक पटक नागरिक दैनिकका पत्रकारहरुले बाटोमा गुडेको समयमा राम्रो लागेर यत्तिकै खिचेका थिए तर पछि उनका बडिगार्ड आएर त्यो फोटो डिलिट गर्न लगाइएको थिए।

त्यसरी फोटो किन डिलिट गर्न लगाए भनेर पत्रकारहरू छक्क परे। उनीहरुले पक्का पनि त्यो गाडि ठुलै मान्छेको हो भनि शंका लागेर फोटो रिट्राप गरेर हेर्दा त्यस गाडिमा पारश शाह थिए। मानिसले नाचिने पनि उनलाई क्यामराले चिनिसकेको थियो।

तर उनी सवार त्यो गाडिको फोटो किन खिच्न पाइदैन भन्ने कुरा आज सम्म कतै पनि केहि कारण नभएको बताइन्छ। उनको त्यो गाडीको फोटो अहिलेसम्म त्यही एउटा मात्र छ।