Jagaran Nepal सोमबार, आश्विन १८, २०७८

ला’गुऔ’षध प्रयोगको आरोपमा आफ्ना छोरा आर्यन खान पक्राउ परेपछि बलिउड अभिनेता शाहरुख खान यतिबेला उनको पुरानो भनाइका कारण ‘ट्रोल’ बनेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले कुनै बेला एक कार्यक्रममा आफू आफ्नो छोरा बिग्रियोस्, ला,गुऔ’षध खाओस् भन्ने पक्षमा रहेको बताएका थिए। अहिले त्यही भनाइ सम्झेर मानिसहरूले उनको खिल्ली उडाइरहेका हुन्।

शाहरुखले यसो भनेका थिए

पत्नी गौरी खानका साथ सिमी गारेवलको च्याट सोमा पुगेका अभिनेता शाहरुख खानले भनेका थिए– म आफ्नो छोरालाई बिगार्न चाहन्छु। उनले भनेका थिए, ‘मैले आफ्नो छोरोलाई भनेको छु– जब तिमी ३ वर्षका हुन्छौं तब केटीको पछि लाग, जति सकिन्छ धू’मपान गर।

तिमी ला’गुऔ,षध खान सक्छौं र यौ,’न सम्पर्क गर्न सक्छौ। तिमी एउटा खराब केटा बन र यदि तिमी असल केटाजस्तो देखियौ भने म तिमीलाई घरबाट निकालिदिन्छु।’

शाहरुखले त्यतिबेला रमाइलाका लागि यस्ताे भनेका किन नहुन्, आज उनको त्यो कुरा साँचो साबित भएपछि उनीविरुद्ध अहिले व्यापक टिप्पणी भइरहेको छ। ट्रोल गरिएको छ।

केटी आकर्षित होउन् भनेर राखेँ छोराको नाम आर्यन : शाहरुख
एक पुरानो अन्तर्वार्तामा शाहरुख खानले केटीहरू नाम सुन्नेबित्तिकै प्रभावित होउन् भनेर आफूले छोराको नाम आर्यन राखेको बताएका छन्। उनले भनेका छन्, ‘जब मेरो छोरो कुनै केटीसँग मेरो नाम आर्यन खान हो भन्छ, तब उनी प्रभावित हुनेछिन्।’