Jagaran Nepal शुक्रबार, आश्विन १५, २०७८

काठमाडौं । विद्यालयभित्र गरेको हर्कतका कारण केही शिक्षिकाहरुको जागिर गएको छ ।

भारत, उत्तर प्रदेशको आगरामा रहेको अछनेराको प्राथमिक विद्यालय सन्धनको भाइरल भिडियोमा नाचिरहेका पाँच शिक्षक निलम्बित भएका हुन् ।

शनिवार, प्रभारी आधारभूत शिक्षा अधिकारी बृजराज सिंह सम्बन्धित ब्लकको शिक्षा अधिकारीको सिफारिशमा यो कारबाही गरिएको हो । भाइरल भिडियो प्रकरणको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुले निलम्बित शिक्षकहरुलाई तीन दिन भित्र चार्जशीट दिनु पर्नेछ । १५ दिनमा मामलाको जाँचपछि, इन्चार्ज बीएसए रिपोर्ट पेश गर्नु पर्छ ।

प्रभारी आधारभूत शिक्षा अधिकारीका अनुसार, विद्यालयका प्रधानाध्यापकको तर्फबाट ब्लक शिक्षा अधिकारीलाई स्पष्टीकरण दिइएको थियो । भाइरल भिडियो १७ मार्चको हो ।

त्यस दिन बीआरसी अछनेरामा एक शैक्षिक संगोष्ठीमा भाग लिन गएका थिए । उनले आफु उक्त नृत्य कार्यक्रमको बारेमा पहिले नै जानकार नभएको बताएका थिए ।

भाइरल भएको भिडियोमा स्कूलकी शिक्षिका रश्मी सिसोदिया, अञ्जली यादव, सुमन कुमारी, सुधरानी र जीविका कुमारी नाचिरहेकी छिन् ।

उनले स्पष्टीकरणमा भनेका छन् कि १७ मार्चमा बाल सभा र अनलाइन कक्षाको आयोजना गरिएको थियो ।

त्यसपछि उनीहरु हरियाणवी गीतहरुमा नृत्य गरिरहेका छन् । शिक्षिका रश्मी सिसोदिया, अञ्जली यादव, सुमन कुमारी, सुधरानीले विद्यालयमा नृत्य गरेकोमा माफी मागेका छन् ।

सोही समयमा, जीविका कुमारीले निर्धारित समय सम्म कुनै स्पष्टीकरण दिएनन् । ब्लक शिक्षा अधिकारी, स्पष्टीकरण सन्तोषजनक छैन भनेर विचार गर्दै, पाँच शिक्षकहरुलाई निलम्बनको सिफारिश गरेका हुन् ।

फिल्मी गीतमा नृत्य, अनैतिक आचरण, शिक्षकको पद र विभागको गरिमा बिगार्ने प्रयास जस्ता आरोपमा उनीहरुलाई निलम्बन गरिएको हो ।

ब्लक शिक्षा अधिकारी वीरेश कुमार, वीरेन्द्र कुमार शर्मा, सर्व शिक्षा अभियानका प्रोजेक्ट अधिकारी कल्पना श्रीवास्तवलाई अनुसन्धानको जिम्मा दिइएको छ ।

राष्ट्रवादी शिक्षक महासंघले शनिबार जिल्ला न्यायाधीश र बीएसए कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघका राज्य संयोजक मुकेश डागुर भन्छन् कि कोरोनाको समयमा शिक्षकहरु बन्द कोठामा फिल्मी गीतहरुमा नाचेका थिए ।

सार्वजनिक भिडियो त्यहाँ भएका एक शिक्षकद्वारा नै रेकर्ड गरीएको थियो । सोहि भिडियो अहिले भाइरल भइरहेको छ ।

शिक्षकहरु तनावमा छन् । भिडियो भाइरल बनाउनेहरु लाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।