Jagaran Nepal बिहिबार, आश्विन १४, २०७८

पौष्टिक खाना खान बाहेक, शरीरलाई अन्य भिटामिन र खनिजहरूको आवश्यकता पर्दछ । जब तपाईं खानाबाट प्रशस्त मात्रामा पाउनुहुन्न, ड्राई फुडहरूले पौष्टिक तत्त्वहरूको अभाव पुरा गर्दछ ।

यी ड्राई फुडहरु मध्येमा एक बदाम पनि पर्दछ । बदाम प्रोटीन, फ्याट, भिटामिन र खनिजको धनी हुन्छ ।

यसले शरीरको विकासमा मात्र मद्दत गर्नुका साथै शरीरलाई बलियो बनाउँछ । तर त्यहाँ त्यस्ता केही व्यक्ति पनि छन्, जसका लागि बदाम खानु समस्या निम्ताउनु सरह हुन्छ । त्यसैले आज हामी कस्ता व्यक्तिहरुले बदाम खानुहुँदैन्, भनेर तपाईंलाई जानकारी गराउन जाँदैछौँ । तपाईं पनि यो सुचीमा हुनुहुन्छ भने आफुलाई बदामदेखि टाढा राख्नुहोला ।

उच्च रक्तचाप समस्याबाट पीडित मानिसहरु
आजकल धेरै जसो मानिसहरूलाई उच्च रक्तचापको समस्या हुन्छ । यस रोगबाट पीडित व्यक्तिहरूले बदामको सेवन गर्नबाट बच्नुपर्छ । यसका पछाडिको कारण के हो भने उच्च रक्तचाप भएका बिरामीहरूले रक्तचाप नियन्त्रण गर्न औषधी लिन्छन् । त्यस्तो अवस्थामा बदामको सेवन उनीहरूको स्वास्थ्यको लागि लाभदायक हुँदैन् ।

मिर्गौलामा बिरामीहरु
बदाममा पर्याप्त मात्रामा ओक्सालेट तत्व पाइन्छ । जसलाई पित्ताशय, मिर्गौला, पत्थरी रोगसँग लड्दै गरेकाहरुले पनि बदाम खानुहुँदैन । बदाममा भएको ओक्सालेट तत्वको साइड इफेक्ट हुन सक्छ ।

पाचन समस्याबाट पीडित
धेरै मानिसहरूलाई पाचनको समस्या हुन्छ । यदि तपाईं पनि यस प्रकारको समस्याको सिकार बन्नु भएको छ भने बदाम खान छोड्नुहोस् । यसका पछाडिको कारण के हो भने बदाममा प्रोटीन र भिटामिनहरू पर्याप्त मात्रामा पाइन्छ । त्यस कारणले गर्दा तपाईलाई यो पचाउन अधिक समस्या हुन सक्छ । यस बाहेक, एसिडिटी समस्या भएकाहरूले पनि बदाम खानु हुँदैन । यसमा फाइबर उच्च हुन्छ, जसले ग्यास्ट्रिकलगायत पेटसम्बन्धि समस्याहरू निम्त्याउन सक्छ।

तौल घटाउन
यदि तपाईं तौल घटाउन कोशिस गर्दै हुनुहुन्छ भने बदामदेखि टाढा बस्नुहोला । यदि तपाईं आफ्नो तौल कम गर्न चाहानुहुन्छ भने बदाम नखानुहोस् । बदामलाई आहारमा समावेश गर्नुभएको छ, भने आजदेखि नै यसलाई बन्द गर्नुहोस् । किनभने बदाममा क्यालोरी र फ्याट बढी हुन्छ । यस्तो अवस्थामा, यसको अधिक सेवन, तपाईंको तौल घटाउनुको सट्टा बढाउने कुरामा लाभदायक हुनसक्छ ।