Jagaran Nepal मंगलबार, आश्विन १२, २०७८

काठमाडौं – काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेर पुनः काठमाडौं फर्किइयो । झण्डै दुई घण्टा आकाशमा ‘होल्ड’ गरेपछि जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा चालक दलका सदस्यसहित ७७ यात्रु सवार थिए । सुरक्षित अवतरण गरेपछि क्याप्टेन शेर्पासहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीले स्वागत गरेका छन् ।

जहाजबाट ओर्लिएका क्याप्टेन शेर्पालाई अंकमाल गर्दै सबैको शुभेक्षा प्रकट गरेका छन् । शेर्पाको साहसिक, धैर्यवान र कुशल कार्यले नै ७७ जनाको सुरक्षित फर्किएका हुन् । तर, सोमबार साँझबाट पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पासहित बुद्ध एयरका कर्मचारीसहितको एउटा तस्वीर भाइरल भएको छ । के पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल त्यो जहाजमा थिए ? स्वदेश नेपालले फ्याक्ट चेक गरेको छ ।

फेसबुकको एउटा ग्रुपमा प्रेम कोइराला लेख्छन्, ‘काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा सवार राजारानीसहित सम्पूर्णको जीवन सुरक्षित रह्यो, राजारानीसँगै रहेकाले प्रायः व्यक्तिहरूलाई ठुक्क थियो, जहाँ राजा छन्, त्यहाँ भगवान रहन्छन् । जय देश जय नरेश ।’

फेसबुकमै पार्वती थापाले लेखेकी छिन्, ‘साहसी क्याप्टेन आङगेलु शर्पाज्यू नमन! आज बुद्ध एयरको जहाजलाई ठूलो दुर्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने भगवान!’ उनले पनि पूर्वराजा ज्ञानेन्द्रको तस्वीर पोस्ट गरेकी छिन् । फेसबुकमा अर्को पोस्ट छ, विशाल राजभण्डारीको । उनी लेख्छन्, ‘जहाँ राजारानी हुन्छ त्यहाँ भगवानको बास हुन्छ भन्ने सही सावित भयो । आजको बुद्ध एयरमा राजारानी पनि सवार थिए, त्यही भएर भगवान श्री पशुपतिनाथको कृपाले दुर्घटना हुनुबाट जोगियो ।’

के ज्ञानेन्द्र र कोमल विमानमा थिए ?

दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज सकुशल अवतरण भयो । त्यसपछि सबै यात्रु गन्तव्यतिर लागे । कोही भिआइपी छन् कि भन्ने चासो थियो । किनभने दिउसोको कार्यक्रमका लागि राजनीतिक दलका नेताहरू बिहानै विराटनगर जाने गरेका छन् । अब कुरा गरौं भाइरल भएको तस्वीरको ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँग क्याप्टेन शेर्पाले फोटो खिचेका रहेछन् । तर, सोमबार होइन । भाइरल भइरहेकामध्ये एक तस्वीरमा सन् २०१० अक्टुबर ११ तारिख उल्लेख छ । अर्को तस्वीर सन् २०१२ तिरको भन्ने बुझिएको छ । त्यस कारण पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको उक्त तस्वीर सोमबारको नभएको पुष्टि भएको छ ।

कहाँ छन् ज्ञानेन्द्र ?

फोटो भाइरल भएपछि स्वदेश नेपालले पूर्वराजाका सञ्चार सचिव फणिराज पाठकलाई सम्पर्क गरेको थियो । पाठकले पूर्वराजा ज्ञानेन्द्र काठमाडौंमै रहेको बताए । साथै ज्ञानेन्द्र उक्त जहाजमा नरहेको पनि पुष्टि गरे । त्यसैले सोमबार भाइरल भइरहेको तस्वीर पूरानो हो भन्ने पुष्टि हुन्छ । यद्यपि, नेपालमा राजतन्त्र गए पनि ज्ञानेन्द्र पक्षधर सानो जमात अहिले पनि छ । ज्ञानेन्द्रका अनेक तस्वीर भाइरल बनाउने काम सोही समूहको हो ।

यसअघि, जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो । विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो ।

यसरी भयो पाइलटको स्वागत (हेर्नुहोस् भिडियो)

याे पनि
एकपटक त कोसीमै लगेर प्लेन ……..

कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए।

बिहान ८ बजेर ५ मिनेटको बुद्ध एयरको फ्लाइट थियो। मैले जहाजको ‘सिक्स ए’ को टिकट ४ हजार ९ सय रुपैयाँमा किनेको थिएँ। एकदमै आरामदायी ढंगले काठमाडौं छोड्दै प्लेन विराटनगरको आकाशमा प्रवेश ग¥यो। परिचारिका (क्रु मेम्बर)ले केही क्षणमै विराटनगर एयरपोर्टमा जहाज ल्यान्ड गर्न लागेको जानकारी गराइन्। सिट बेल्ट बाँ’धेर विराटनगर एयरपोर्टमा ओर्लने तरखरमा सबै यात्री थियौं। त्यहीअनुसार ‘माइन्ड सेट अप’ पनि भयो। प्लेन ल्याण्ड गर्न खोज्यो, तर ल्याण्ड हुन सकेन। र, फेरि माथितिर उड्यो। आकाशमा राउण्ड लगाउन थाल्यो।

एयर ट्राफिकका कारणले हो कि ? वा अर्को कुनै प्लेन त्यहाँ उड्दै गरेकाले अवतरणमा अप्ठ्यारो परेको हो कि ? भन्ने मनमा सोचँे। तर, जतिपटक राउण्ड लगाए पनि बाहिर हेर्दा एकै ठाउँमा पुगे जस्तो मात्र देखिन्छ। करिब ७÷८ राउन्ड लगायो। त्यसपछि भने विराटनगर छोडेर अघि बढेको जानकारी क्रु मेम्बरले दिइन्। जहाजमा प्राविधिक समस्या आएकाले पुनः काठमाडौं फर्किन लागेको र उतै ल्यान्ड गर्ने जानकारी क्याप्टेनले गराए।

त्यसपछि भने मनमा चिसो पस्यो। प्राविधिक समस्या भनेको के कस्तो हो ? भन्ने अनेक कुरा मनमा खेल्न थाले। यसो बाहिर हेरेको त, कोसी नदी देखँे। जहाज नै नचलेको जस्तो भयो। अनि, सिट सँगैको साथीलाई सोधे, जहाज स्थिर भइरहेको हो र ? ती साथीले जहाज उडिरहेको छ भन्ने जवाफ दिए। मन अलि शान्त भयो। नत्र, मलाई त कोसीमै लगेर प्लेन ब्ला स्ट गर्न खोजेको हो कि जस्तो लागेको थियो। क्रिउ मेम्बरलाई के भइरहेको छ भनेर सोध्थ्यौं।

सामान्य टेक्निकल समस्या हो, रिस्क लिन नचाहेर काठमाडौं फर्केको भन्ने जवाफ दिने गर्थे। क्रु मेम्बर पनि एकदम नै प्रोफेसनल थिए। उनीहरूले यात्रीलाई सान्त्वना दिइरहन्थे। तर, पनि उनीहरूका आँखामा डर भने पक्कै देखिन्थ्यो। उनीहरूले सम्झाउँदै गरे पनि मनले मान्दैनथ्यो। अरू यात्रीहरूका अनुहार पनि अत्तालिएको र डराएको जस्तो देखिन्थे। अनि, मन शान्त पार्न क्रु मेम्बरलाई बारम्बार सोधिरहन्थ्यौं।

नर्मल ल्यान्ड गर्ने हो भन्ने जवाफ पाउँथ्यौँ। काठमाडौं प्रवेश गरिसकेपछि मन अलि शान्त भयो। तर, ल्यान्ड गर्न खोज्दा विराटनगरकै जस्तो भयो। एयरपोर्ट सबै खाली थियो, तर ल्यान्ड गर्न सकेन। प्लेन पटक–पटक आकाशमा घुम्न थाल्यो। अनि, सबै यात्रु आत्तियौँ। केही साथीहरू चि’च्या’उन र रुन थाल्नुभयो। हाम्रो जीवनको सुरक्षा आफैं गर्छौँ भन्दै झ्याल खोलिदिन आग्रह गर्न थाल्नुभयो। उहाँहरू झ्यालबाट हा’मफा’ल्छौं भन्न थाल्नुभयो। त्यो कुराले झन् डर लाग्यो। एयरपोर्टमा नेपाली सेना, सुरक्षाकर्मी, फायर फाइटर तैनाथ भएको देख्यौँ। त्यसपछि त डरले थु’र्थुर नै भयौं। फो’र्सल्या’न्ड गर्ने तयारी रहेछ भन्ने सोच्यौं। केही पछि, प्लेन रनवेको सीधा गयो। अब भने ल्यान्ड गर्न सक्छ भन्ने भयो।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । (प्रदेश १, आर्थिक मामिला मन्त्रालयका महाशाखा प्रमुख गोविन्दराज आचार्यसँग गरेको कुराकानीमा आधारित।)