Jagaran Nepal शुक्रबार, आश्विन ०८, २०७८

एजेन्सी – राज कुन्द्रा पक्राउ प्रकरणमा बलिउड अभिनेत्री सर्लिन चोपडाले पोर्नोग्राफी र्‍याकेट केसको स्क्यान्डलमा फस्छु भन्ने कहिल्यै नसोचेको बताएकी छन्।

मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रबार राति लिएको आठ घण्टा लामो बयानका क्रममा सर्लिनले भनिन्, ‘राज कुन्द्रा मेरो मेन्टर थिए। उनले ग्लामर फोटोग्राफी भन्दै झुक्काएर फोटो तथा भिडियो सुट गर्थे’, सर्लिनले मुम्बई प्रहरीको लामो बयानपछि भारतीय मिडियासँग कुरा गर्दै भनेकी छन्, ‘शिल्पा सेट्टीले मेरो भिडियो र फोटो निकै मन पराएको भन्दै पोर्न भिडियो बनाउँथे। न्युड फोटो सुट र पोर्न भिडियो सामान्य भएको भन्दै नयाँ नयाँ काम गर्न उक्साउँथे।’

बयान रेकर्ड गर्दा सर्लिन निकै भावुक बनेकी थिइन्। उनले बयान कहाँबाट कसरी दिने भन्ने थाहा नभए पनि आफूले भोगेका सबै कुरा प्रहरीसँग गरेको बताएकी छन्।

‘बयान कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने भन्ने मलाई केही थाहा छैन। मैले कहिले पनि सोचेकी थिइनँ कि यस्तो स्क्यान्डलमा फस्छु र क्राइम ब्रान्चसँग बयान दिन्छु भनेर’, सर्लिन भनेकी छन्, ‘मलाई लागेको थियो मेरो जिन्दगी बदलिन्छ र मैले चलचित्रमा ठूलो ब्रेक पाउने छु। शिल्पा सेट्टीका पतिले मलाई गलत काम गराइरहेका छन् भन्ने कुरा मैले सपनामा पनि सोचेको थिइनँ।’

राज कुन्द्राको कम्पनीसँग सम्झौता नै गरेर काम गरेको पनि उनले दाबी गरिन्। ‘सुरुमा बोल्ड फोटो र भिडियोबाट काम सुरु भएको थियो। त्यसपछि सेमी न्युड हुँदै न्युड भिडियो बनाइयो’, उनले भनिन्, ‘मलाई सधैं यो काम गलत होइन भनेर भन्ने गरिन्थ्यो। मलाई विश्वास दिलाइएको थियो कि त्यो सबै नर्मल काम थियो।’

एजेन्सी – बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा हाल हिरासतमा छन्। पोर्नोग्राफीको मुद्धामा उनलाई हिरासतमा लिइएको हो। राज कुन्द्राको केसमा सबैभन्दा बढी जोडिएकी अभिनेत्री हुन् सर्लिन चोपडा।

सर्लिनले प्रहरीसामु दिएका बयानहरुले बलिउडमा सनसनी नै मच्चाइरहेको छ। सर्लिन यतिमा मात्र शान्त भएकी छैनन्। उनले हालै फेरि एपको लागि गरिएको पहिलो फोटोसुटको तस्वीर सार्वजनिक गरेकी छिन्। राज कुन्द्रासहित हट अवतारमा रहेकी उनले फोटाबारे जानकारी पनि सार्वजनिक गरेकी छिन्।

फोटोमा क्याप्सनमा उनी लेख्छिन्– ‘२९ मार्चको दिन थियो। आम्स्प्राइमद्वारा आयोजित ‘द सर्लिन चोपडा’ एपको पहिलो कन्टेन्ट सुट हुने तयारी भइरहेको थियो। मेरा लागि यो एक नयाँ अनुभव थियो किनकि यसभन्दा अघि म कुनै एपसँग अनुबन्धित थिइँन। आशा र जोशको माहोल थियो।’

सर्लिन चोपडाले ८ अगस्टमा एनएनआईलाई मार्च महिनामा राज कुन्द्राले फिल्म बनाउनका लागि सम्पर्क गरेको र एक सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएकी थिइन्।

उनले भनेकी थिइन्, ‘शुरुमा ग्लामरस भनिएको थियो, पछि सेमी न्यूड हुँदै न्यूड भिडियो खिचिएको थियो। सूटिङको क्रममा राज मलाई उक्साइरहेका थिए र शिल्पाले पनि मेरो भिडियो मन पराएको जानकारी गराउँथे।’

६ अगस्टमा मुम्बई क्राइम ब्रान्चले राज कुन्द्रासँग सोधपुछ गरेको थियो। त्यक्रममा उनले आफू साक्षीका रुपमा बयान दिन आएको बताएकी थिइन्। सर्लिनले कुन्द्राविरुद्ध एफआइआर पनि दायर गरिसकेकी छिन्। कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले १९ जुलाईमा नियन्त्रणमा लिएको थियो।