Jagaran Nepal शुक्रबार, आश्विन ०८, २०७८

उनीहरू यो दुनियाँमा सँगै आएका थिए, केही मिनेटको अन्तरमा। आमाबुवाले नाम राखिदिएका थिए: गंगा-जमुना। १४ वर्षअघि गंगा- जमुना आएसँगै गुल्मीको रेसुङगा नगरपालिका ८ थुम्काका तिलक र लालमती परियारको परिवार पाँचबाट सात जना पुगेको थियो।

छोरीहरूको खुसीमै तिलक-लालमती खुसी हुन्थे, उनीहरूलाई भनेजस्तो पुर्‍याउन नसक्दा दु:खी बन्थे। गंगा-जमुनामा घरमा सँगै खेल्थे, स्कुलमा सँगै पढ्थे। तिलक र लालमतीले कहिल्यै सोचेका पनि थिएनन् धर्तीमा सँगै आएका यी छोरीहरूले एकैचोटी आफूलाई छोडेर जालान्!

त्यही नसोचेको भयो। मंगलबार राति आएको पहिरोले गंगा-जमुनालाई मात्रै होइन उनीहरूकी दिदीलाई पनि सँगै लगेर गयो। तिलक गुल्मी दरबार गाउँपालिका-२ झिरबासमा जन्मिए, उतै हुर्किए। वर्षभरि गाउँघरका मानिसको कपडा सिलाएर अन्नपात उठाउनु उनीहरूको पुर्ख्यौली पेसा हो।

तिलकका बाबु-बाजेले त्यसैगरि आफ्नो जीवन गुजारे। गाउँमा थोरै भएको पाखो बारीको उब्जनी र गाउँघरमा कपडा सिलाएर पाउने अन्नपातले परिवारको गुजारा चलाउनु धौ-धौ थियो। तिलक छोरीहरू बोकेर पुर्ख्यौली थलो झिरबासदेखि तम्घास आएर सिलाइ पसल चलाउन थाले।

उनले पसल पनि माइली छोरीको नामबाट राखे- भावना टेलर्स। जेठी छोरीको विवाह भइसकेको थियो। तिलक र लालमतीलाई भावनाले पसलमा कपडा सिलाउन सघाउन थालेकी थिइन्। साइँली छोरी सुजाता प्लस २ मा पढिरहेकी थिइन्। पढाइ नभएको बेला उनले पनि बुवाआमा र दिदीसँग कपडा सिलाउन सिकिरहेकी थिइन्।

भावना २१ वर्ष पुगेकी थिइन् भने सुजाता १७ पुग्दै थिइन्। चौध वर्षका जुम्ल्याहा छोरीहरू गंगा र जमुना तम्घासस्थित महेन्द्र माविमा कक्षा ८ मा पढ्दै थिए। मंगलबार साँझ पनि भावना र सुजाता बुवाआमालाई पसलमा सघाएर घर फर्किएका थिए। गंगा र जमुनाको भने ८ कक्षाको परीक्षा चलिरहेको थियो।

मंगलबार दिउँसो सामाजिक विषयको परीक्षा दिएर घर फर्किएका उनीहरू बुधबारको लागि लेखा विषयको परीक्षाको तयारी गरिरहेका थिए। साँझ ६ जनाले सँगै खाना खाएर १० बजेतिर कोठामा सुत्न गएका थिए। पसलबाटै कमाएको पैसा जोडेर तिलकले १२ वर्ष पहिले तीन कोठाको पक्की घर बनाएका थिए।

एक छेउको कोठामा खाना पकाउँथे भने बीचको कोठामा छोरीहरू र अर्को छेउको कोठामा तिलक दम्पती सुत्थे। छोरीहरू र बुवाआमा सुत्ने कोठाको बीचमा पनि भित्रैबाट आवतजावत गर्न मिल्ने गरी भेन्टिलेसन बनाइएको थियो। तम्घासमा मंगलबार दिउँसो चर्को घाम लागेको थियो।

रात पर्दै जाँदा सुरू भएको वर्षा रात छिप्पिँदै जाँदा झनै ठूलो भयो। दिनभरिको थकानले निदाउनै लागेका तिलकले पहिरो झरेको थाहा पाए। हतार-हतार उठेर हेर्दा छोरीहरू सुतेको कोठामा इँटाको एकातर्फको भित्ता पहिरोले भत्कियो। साइँली छोरी सुजाता बुवा हामीलाई बचाउनुस् भन्दै चिच्चाइरहेकी थिइन्।

माइली छोरी भावनाले पनि बचाउन हारगुहार गरिरहेकी थिइन्। कोठाको भित्तातर्फ सुतेका जु’म्ल्याहा गंगा-जमुना भने पहिरो र कोठाको भित्ताले पुरिइसकेका थिए। आफ्नै आँखा अगाडी छोरीहरूको गु’हार र रोदन देखेका तिलक र लालमतीले साइँली छोरी सुजातालाई पहिरोबाट नपुरिँदै भे’न्टिलेसनबाट निकाल्न सके पनि पहिरोभित्र परिसकेका भावना र गंगा-जमुनालाई निकाल्न सकेनन्।

बाहिर आएर हा’र गु’हारपछि छिमेकी र सुरक्षाकर्मीले चार घन्टाको प्रयासपछि उ’द्धार गर्दा तीनै जना छोरीको प्राण पखेरू उडिसकेको थियो। आमाको ग’र्भमा सँगै बसेर सँगै जन्मिएका गंगा-जमुनाले यो धर्ती पनि एउटै बिस्तारामा सु’तेका बेला छोडेर गए।

प’हिरोले घर पुरिएको थाहा पाएर उद्धारको लागि मंगलबार राति १ बजेतिरै पुगेका रेसुङगा-८ का वडा अध्यक्ष भरत भलामीले स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासपछि बुधबार बिहानमात्र पहिरोमा पु’रिएका तीनै जना दिदी-बहिनीको शव निकाल्न सकिएको बताए।

राति पौने १२ बजेतिर पहिरो झरे पनि साढे १ बजेतिर मात्र थाहा पाएलगत्तै आफू घटनास्थल गएको उनले बताए। ‘कोठाभित्र झ’रेको पहिरोमा नानीहरू पुरिएको थाहा पाए पनि पानी परिरहेको र रातको अँध्यारोमा पहिरोसमेत बगिरहेकोले बिहान चार बजेतिर मात्रै शव निकाल्न सकिएको थियो,’ भलामीले भने।

पहिरोबाट श’व निकालेर दाह सं’स्कारको लागि लैजाँदाको दृश्य झन कारूणीक बनेको वडा अध्यक्ष भलामीले बताए। जिल्ला अस्पताल तम्घासमा पो,’ष्ट’मा’र्टम पछि शो’काकुल जेठी दिदी र साइली बहिनीले आफ्ना दिदी-बहिनीका श’व भगवती मन्दिरसम्म बोकेका थिए।

उनीहरूका दाजुभाइ थिएनन्। प्राय: केटा मान्छेले गर्ने उक्त काम उनीहरू आफैंले गरे। दुई दिदी-बहिनी अरू तीन दिदी-बहिनीको श’व बोकेर हिँडेको दृश्यले त्यहाँ पुगेका कसैले मन थाम्न सकेनन्।‘मेरो त छिमेकी नानीहरू थिए, एउटै घटनामा तीन जना छोरी गुमाउनुको

पी’डा शब्दमा कसरी बयान गर्ने आफैंलाई विश्वास लागेको छैन,’ वडा अध्यक्ष भलामीले भने। भावना र गंगा-जमुनाको बुधबार नै रिडीमा सा’मूहिक अ’न्तिम सं’स्कार गरिएको भलामीले जानकारी दिए। भलामीका अनुसार परियार परिवार छोरीहरूको अन्तिम सं’स्कारको काम गर्न

पुर्ख्यौली गाउँ बिरबास गएको छ। तिलकले घरमाथि बाट पहिरो झ’र्न सक्ने कुरा गतवर्ष नै वडा कार्यालय र नगरपालिकामा जानकारी गराएका थिए। ‘गत वर्षदेखि नै घर माथिको बारीको ढिक च’र्किएको रहेछ, नगरपालिकामा जानकारी गराएपछि त्रिपाल ल्याएर चर्किएको भाग ढा’क्नुभएको थियो,

अब पानी नपर्ला भनेर होला १०/१२ दिन अघिमात्रै त्रिपाल ह’टाउनुभएको रहेछ, अहिले यस्तो भयो,’ भलामीले भने। उनीहरू फर्किँदा नगरपालिकाले प’हिरो प’न्छाएर भत्किएको घर मर्मत गरिदिने योजना रहेको वडा अध्यक्ष भ’लामीले बताए। सेतो पाटि