Jagaran Nepal शुक्रबार, आश्विन ०८, २०७८

दक्षिण कोरियामा अपार्टमेण्ट किन्ने युवाहरुको संख्या बढेको पाइएको छ। अहिले घर जग्गाको मूल्य कोरियामा निरन्तर बढेपनि कोरियाली युवाहरु यसमा आ’कर्षि’त रहेका छन। २० देखि ४० बर्षका धेरै जसो युवाहरु अहिले अपार्ट किन्न त’ल्लिन रहेका छन।

विहिवार प्रकाशित एक रि’पोर्टअनुसार राजधानी सउलका १० मध्ये ४ वटा अपार्ट अहिले २० देखि ३० बर्षका युवाहरुले किनेको देखिएको छ। कोरिया रि’यल स्टेड बोर्डका अनुसार ३० बर्ष वरपरका युवाहरुले सउलका १२ हजार ५ सय ५० घर गत जनवरी देखि जुलाई महिनाभित्रमा किनेका छन।

यो अवधिमा घर कि’नवे’च भएको संख्या ३४ हजार ४५ को करिब ३६.९ प्रतिशत युवाहरुले किनेको देखिएको छ। त्यसैगरी २० देखि २९ वा त्योभन्दा पनि कम उमेरका युवाहरु १ हजार ७ सय २ वटा अपार्ट किनेका छन। प्रकाशित डाटा हेर्दा ३० र ४० बर्ष वरपरका युवाहरुले कुल घर तथा अपार्ट कि’नवे’चको ४१.९ प्रतिशत किनेको देखिन्छ।

यो संख्या सन २०१९ भन्दा अहिले बढेको देखिएको छ। सन् २०१९ मा यो प्रतिशत ३१.८ रहेको थियो। त्यसैगरी ४० देखि माथि उमेरकाहरुले २६.२ प्रतिशत अपार्ट किनेका छन। यसभित्र ४० देखि ५० उमेरकाले १५.५ प्रतिशत, ५० देखि ६० बर्ष उमेरकाले ८.८ प्रतिशत, ६० देखि ७० बर्ष उमेरकाले ५.६ प्रतिशत अपार्ट किनेको देखिएको छ।

ख्यङ्गीदो प्रदेशमा किनेबेच भएको १ लाख २४ हजार ३ सय ९१ अपार्टहरुमध्ये ३५.८ प्रतिशत अपार्ट ३० वा सोभन्दा कम उमेरका युवाहरुले किनेको देखिएको छ। यो प्रतिशत गत बर्ष ३०.४ प्रतिशत रहेको थियो। इन्छन क्षेत्रमा यस्तो प्रतिशत ३२.६ प्रतिशत रहेको देखिन्छ। गत बर्षभन्दा यस क्षेत्रमा ५.४ प्रतिशत बढेको देखिएको छ।