Jagaran Nepal बिहिबार, आश्विन ०७, २०७८

काठमाडौं । सुनको मूल्य पाँच सयले घटेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य रु. पाँच सयले घटेको हो ।

बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु. ८९ हजार ६०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुनको मुल्य ५०० रुपैयाँले घटेको हो ।

संघका अनुसार तेजाबी सुन बुधबार प्रतितोला रु. ८९ हजार ६५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला रु.१० ले घटेको जानकारी दिइएको छ ।

चाँदी बुधबार प्रतितोला एक हजार १६५ मा कारोबार भएको थियो भने बिहीबार प्रतितोला एक हजार १५५ हुँदैछ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँसत एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।