Jagaran Nepal बिहिबार, आश्विन ०७, २०७८

ब्राजिलमा बस्ने दुई जुम्ल्याहा दाजुभाइले आफ्नो जीवनमा धेरैजसो कुरा सँगसँगै गरे र दुबैले ट्रान्सजेन्डर श ल्यक्रि या पनि गराएर रेकर्ड कायम गरेका छन् । १९ वर्षका यी जुम्ल्याहा श ल्यक्रि या गरेपछि युवती बनिसकेका छन् । मायला र सोफियाका अनुसार उनीहरु वाल्यकालदेखि नै केटाले झैं महसुस गर्न नसक्ने भएकोले आफूहरुले श ल्यक्रि या गराउने निर्णय लिएको बताए ।

ब्राजिलको दक्षिण–पूर्वी शहर ब्लूमेनोमा रहेको एक ट्रान्सजेन्डर सेन्टरमा दुबैले शल्यक्रिया गराएका छन् । यो सेन्टरका डाक्टर जोसे कार्लोसका अनुसार यो संसारको पहिलो यस्तो रिपोर्टेड केस हो । यो श ल्यक्रि याको एक हप्तापछि नै दुबैले एएफपीसँग भिडियो कन्फरेन्समार्फत् अनुभव साझा गरेका छन् ।अर्जेन्टिनामा मेडिसिनको पढाई गरिरहेकी मायलाले भनिन्, ‘मलाई सधैं आफ्नो शरीर राम्रो लाग्थ्यो तर म पुरुष भएर निकै अ सहज महसुस गर्दथेँ ।’ मायला र सोफियाले यौ’ न हिं’ सा र उ त्पी डन जस्तो स्थितीमा आफूहरु एक अर्काको सहारा बनेको बताए ।

साओ पाउलोमा सिभिल इन्जिनियरिङको पढाई गर्ने सोफियाका अनुसार ब्राजिलमा ट्रान्सफोबिया अत्यधिक छ । मानिसहरु यहाँ ते स्रो लि ङ्गी लाई असाध्यै उ त्पी डन गर्छन् । स्मरण रहोस्, नेशनल असोसिएशन अफ ट्रान्ससेक्सुएल्सको आँकडा अनुसार अघिल्लो वर्ष ब्राजिलमा १७५ जना मा रि एका थिए । यो अन्य देशको तुलनामा असाध्यै धेरै हो ।

सोफियाले भनिन्, ‘हाम्रो निर्णयमा हाम्रो आमाबुवा निकै सहयोगी हुनुभयो तर उहाँहरुलाई मानिसहरुले हाम्रो भद्दा म जा क उडाउन सक्ने र हामीलाई उ त्पी डन गर्न सक्ने ड र ले निकै सताउँथ्यो । मेरा हजुरबुवाले श ल्यक्रि याका लागि पैसा दिएका थिए । २० हजार डलरको यो श ल्यक्रि याका लागि उनले आफ्नो सम्पत्ति बेचिदिएका थिए ।’स्मरण रहोस्, सोफिया र मायलाका आमाले उनीहरुलाई निकै समर्थन गर्छिन् । ४३ वर्षकी स्कूल सेक्रेटरी लूसिया डा सिल्वा भन्छिन्, ‘मलाई सधैं लाग्थ्यो कि मेरा छोराहरु चिन्तामा छन् र म उनीहरुलाई छोरीलाई झैं व्यवहार गर्दथेँ किनभने मैले यसो गर्दा उनीहरु निकै खुसी हुन्थेँ ।’ रातोपाटीबाट