Jagaran Nepal बुधबार, आश्विन ०६, २०७८

काठमाडौं । प्रायः गरेर अहिलेका मानिसहरुमा ग्यास्ट्रिक बढ्दै गएको छ । समयमा खाना नखानाले वा खानपानको समय नमिल्दा अक्सर यस्तो समस्या देखिन्छ । खाना खाँदा पनि चिल्लो पिरो पर्याप्त मात्रामा खाँदा रोगको शिकार हुन सकिन्छ ।

यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्छ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ । यस्लाई अलिक खत्तरानाक रोग नै मान्ने गरिएको छ । मानिसहरुको खानपानको लापरबाहीले गर्दा यो रोग लाग्न सक्छ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ । आज हामी यस्को केही घरेलु उपचार लिएर आएका छौँ ।

अल्सर रोग लागेको हो कि होईन भनेर कसरी थाहा पाउने ? अल्सर रोग लाग्यो भने छात्ति वा पेटको माथिपट्टीको भाग दुख्छ । खाली पेट अथवा खाना खाइसकेपछि दुखिरहन्छ । बान्ता आउला कि जस्तो हुन्छ, बान्ता आयो भने आराम मिल्छ । खोक्दा कहिलेकाँही रगत पनि आउन सक्छ । अल्सर रोग लागेको कस्तो खानेकुरा खाने ? चिसो दुध पटक–पटक गरी दिनमा ७÷८ कप पिउनुपर्छ । एकैपटक धेरै खाना नखाने, थोरै थोरै ४÷५ पटकसम्म खानुपर्छ । खानमा दुध, दाल, भात, मुगको दाल, स्याउदाना, जाउलो खानुपर्छ । फलफूलमा जस्तै अंगुर, पाकेको केरा, स्याउदाना, गाँजर खानुपर्छ । प्रोटिनमा अण्डा, पनिर, दाल खानुपर्छ ।

अल्सर रोग लाग्दा कस्तो खानेकुरा नखाने ? अत्याधिक तातो र चिसो खानेकुरा खानु हुँदैन । पिरो, मसलाको मात्रा धेरै भएको, चर्को तरकारी, अमिलो दही र मही खानु हुँदैन । पेय पर्दाथमा नशाजन्य पर्दाथ, गाढा रंग हालेको चिया र कफी सेवन गर्नु हुँदैन । तेलमा तारेको अत्याधिक चिल्लो खानेकुरा खानु हुँदैन ।

अल्सर रोग लाग्दा के–के नगर्ने ? धेरै बेर भोकै बस्नु हुँदैन । मानसिक चिन्ता तनावहरु सबै छोड्नुपर्छ । राती अनिदो धेरै बेरसम्म बस्नु पनि हुँदैन । छाती दुख्यो भनेर मनपरी औषधि खानु हुँदैन । कालो चियाको प्रयोग बिल्कुल बन्द गर्नुपर्छ । दिउँसो सुत्ने बानी भए तत्काल हटाउनुपर्छ । अल्सर रोग लागेमा आफैंले गर्न सक्ने उपचार शारीरिक तथा मानसिक रुपमा आराम गर्ने बानी बसाल्नुपर्छ । खाना खाँदा कुनै चिन्ता नलिइकन आरामसँग खानुपर्छ ।
सधैं तनावमा बस्नु हुँदैन । हाँस्न सिक्ने, खुःशी भएर बस्ने गर्नुपर्छ । स्वास्थ्यका लागि आवश्यक व्यायम नियमित गर्नुपर्छ ।

विशेष अनुरोध, माथि उल्लेख गरिएको उपचार विधिमा हामी दाबा गर्न सक्दैनौँ । यो उपचार सबैका लागि उपयोगी हुन्छ भन्ने हुँदैन । त्यसैले, यदि तपाईं पनि अल्सरजस्तो घातक रोगबाट पीडित हुनुहुन्छ भने तत्काल चिकित्सकसँग सम्पर्क गर्नुहोला ।–सम्पादक
-janaboli