Jagaran Nepal बुधबार, आश्विन ०६, २०७८

पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मु’क्का प्र’हार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ।

ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई आज बिहान मु’क्का हा’नेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्। विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पी’डित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मु’क्का हा’नेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

विद्यार्थी राजनिति गर्दै आएका उनले पहिरोले पटक पटक पि’डित बनाउँदा स्थानिय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मु’क्का हा’नेको प्रहरीलाई बताएका छन् ।

अहिले पहिरो क्षेत्रमा युवा संघ, अनेरास्ववियूका नेताहरु पुगेका छन् ।सुवेदी पहिरो निरिक्षण गर्न सोमबार ज्योतिनगरको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षणमा पुगेका थिए ।लगातारको वर्षाले पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका छन् ।

प्रभावित क्षेत्रका स्थानीयलाई सरकारले वेवास्ता गरेको भन्दै स्थानीय आ’क्रोशित बनेका छन् ।आज पनि उक्त स्थानमा पहिरो गइरहेको र केही घरमा क्षतिसमेत पुगेको स्थानीयले बताएका छन् ।हाल मु क्का हान्ने पंगेनी पक्राउ परेका छन् ।