Jagaran Nepal बुधबार, आश्विन ०६, २०७८

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा ख’से’र गत मङ्गलबार बे’प’त्ता भएकी एक युवतीको श”व आठ दिनपछि फेला परेको छ ।

टिकटक बनाउने ब’हा’नामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृ”त अवस्थामा फेला परेकी हुन् । १९ वर्षीया पवित्रा लम्सालको श”व भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घा”टमा फे’ला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

सेती नदी किनारमा श”व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृ”त’कको श”व आफन्तले पहिचान गरेका छन् । “श”व परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ”, प्रनाउ तिमिल्सिनाले भन्नुभयो ।

विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घु”म्ने क्रममा र’क गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथीहरुले उनको भिडिओ खिचेका थिए । भिडिओमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो । घ’ट’नाका बारेमा अ’नु’स’न्धान भइरहेको प्रहरीले जनाएको छ ।