Jagaran Nepal मंगलबार, आश्विन ०५, २०७८

मोरङ – मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरमा एक जना महिलाको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव फेला परेको छ । २२ वर्षीय रोजीना गिरीको आइतबार बिहान बेडमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।

शरिरमा पनि नि’ ल’डाम भएकोले मृतकका माइती पक्षले ह’त्या ग’रे’को आ’रो’प लगाएका छन् । मृ’त’कको क’पाल समेत उखालिएको र केही समय अघिदेखि घरपरिवारमा विबाद समेत भएकाले ह’त्या हुन सक्ने आसंका गरिएको परिवारका एक सदस्यको भनाई रहेको छ।

नातिनीको शं’कास्पद अवस्थामा शव फेला परेकोले घटना रहस्यम रहेकोले प्रहरी प्रशासनले घटनाको निष्पक्ष छानविन गरिनुपर्ने उनका हजुरबुवा यामकुमार गिरीले बताए । ‘नातिनीको शवको प्रकृति हेर्दा घटना रहस्यमय रहेको छ । घाँ’टी’मा स’ल बाँ’धि’एको’ शव लोबेडमा घोप्टो अवस्थमा अवस्थामा फेला परेको छ । अनुहारमा भाग पनि पुरा कालो भएर शरिरमा चो’ट’पट’क लागेको छ ।

‘नातिनीको ह’त्या ग’रे’पछि आ’त्मह’त्या देखाउन झु’ण्डा’एका हुनसक्छ,’ हजुरबुवा यामबहादुरले भने, ‘यस घटनामा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुुसन्धान सुरू गरिनु पर्दछ ।’ मृतक रोजिनाको गत भदौमा विनोद काफ्लेसँग विवाह भएको हो । रोजिनाको माइती उर्लाबारी ८ दुर्गापुरी हो । उनीहरूको प्रेम सम्बन्धपछि विवाह भएको थियो । विनोदले विवाह गरेपछि करिब ६ महिना अगाडि वैदेशिक रोजगारका लागि विदेशमा छन् ।

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले मृतकको शव पोस्माटम गर्न धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएको जानकारी दिए । ‘हामीले शवलाई पोस्टमार्टम गर्न पाठाएको छौं,’ उनले भने, ‘पो’स्मा’र्टम रिपोर्ट आएपछि थप विषय खुल्नेछ । अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।’

भिडियो हेर्नुस