Jagaran Nepal आइतबार, आश्विन ०३, २०७८

नेपाली किचनमा प्याजको प्रयोग धेरै भन्दा धेरै गर्ने पाइएको छ । प्याज बिना कुनै पनि परिकार अधुरो जस्तो लाग्ने गर्दछ । धेरै व्यक्तिहरु भोजन गर्ने समयमा लिादको रुपमा काँचो प्याजलाई सेवन गर्ने गरेको देख्ने गरेका छौँ ।

बहुतै कम व्यक्ति हुन्छन् जसलाई प्याज खान मन पर्दैन । फेरी कोही यस्ता व्यक्ति पनि हुन्छन् जसलाई काँचो प्याजको सलाद बिना खाना हजम नै हुने गर्दैन।

काँचो प्याजले कब्जीयत र कान दुख्ने जस्ता समस्याबाट छुटकारा दिलाउँदछ । तर के तपाईलाई थाहाँ छ ? कुनै व्यक्तिहरुलाई भने काँचो प्याजको सेवन गर्नु हानीकारक हुन्छ।

प्याजमा भरपुर मात्रामा पोषक तत्व र प्रोटेक्टिव कम्पाउन्ड सामिल हुने गर्दछ जुले तरह तरहको बिमारीबाट लड्नमा हामीलाई मद गर्दछ। प्याजमा औषधीय गुण हुनाले यसको प्रयोग कयौँ प्रकारको बिमारीमा पनि हुने गर्दछ।

आजसम्म तपाईले काँचो प्याजबाट हुने फाइदाहरु सुन्नुभएको होला तर आजको यस पोष्टमा हामी तपाईलाई काँचो प्याजबाट हुने बेफाइदाको बारेमा कुरा गर्नेछौँ।

वास्तवमा केही यस्ता खास व्यक्तिहरुलाई काँचो प्याजको सेवन गर्नु हुँदैन । काँचो प्याजको सेवन गर्नु यस्ता व्यक्तिहरुका लागी ज्यानै लिने पनि साबित हुनसक्छ। तल पढ्नुहोस् कस्ता व्यक्तिले काँचो प्याज खानबाट बच्नुपर्दछ ।

काँचो प्याजको फाइदा
कब्जीयत हुन नदिनु
काँचो प्याजमा अधिक मात्रामा फाइबर पाइने गर्दछ जसले पेटभित्र टाँसिएर रहेका खानालाई बाहिर निकाल्न मद तगर्दछ । यसले पेटलाई सफा गर्दछ । त्यसैले जुन व्यक्तिलाई कब्जियतको समस्या छ त्यस्ता व्यक्तिले प्याजको सेवन गर्नु पर्दछ ।