Jagaran Nepal सोमबार, आश्विन ०४, २०७८

कहिलेकाँही हाम्रो जीवनमा यस्तो हुन्छ कि हामी जीवनमा आफ्नो लागि एकदमै खुसी हुन्छौं । खुसीको बेला हामीले धेरै कुरा भुलिरहेका हुन्छौं, जसले जीवनमा दिर्घकालीन असर पुर्‍याउँछ । चाणक्य नीतिमा यस्ता धेरै जीवनपयोगी सन्दर्भहरु उल्लेख गरिएका छन् । यहाँ भने जवान महिलाले ज’वानीमा कहिल्यै भुल्न नहुने कुराहरुबारे उल्लेख गरिनेछ ।

शिक्षा सबैभन्दा असल मित्र हो । एक शिक्षित व्यक्तिले हरेक स्थानमा सम्मान पाउँछ । शिक्षाले सुन्दरता र यौ’वनलाई नै परास्त गरिदिन्छ । आफ्नो रहस्यबारे अरु कसैलाई पनि भन्नु हुँदैन । यस्तो बानीले तपाईलाई बरबार बनाउँछ । हामीले विगतको बारेमा कहिल्यै पश्चात्ताप गर्नुहुँदैन । त्यसो त भविष्यको बारेमा पनि अनावश्यक चिन्ता लिएर केही हुँदैन ।

विवेकशील मानिसले हरसमय वर्तमानमा राम्रो गर्नुपर्छ, वर्तमानलाई आफ्नो पकडमा राख्नुपर्छ । कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि आफैंलाई तीन वटा प्रश्न गर्नुहोस् म यो के काम गरिरहेछु वा गर्नेछु, यसको परिणाम के हुन सक्छ र म यसमा सफल हुन्छु कि हुँदिनँ एकपटक कुनै काम सुरु गरेपछि मनबाट असफलताको डर निकाल्दिनुहोस् ।

डरलाई त्याग्नुहोस् किनकी इमान्दारिताका साथ काम गर्ने मानिस सधै‌ खुसी हुन्छ र सफल पनि । खराब मित्रलाई कहिल्यै विश्वास नगर्नुहोस् । असल साथीलाई आवश्यकताभन्दा बढी विश्वास नगर्नुहोस् किनकी कुनै दिन उनीहरु रिसाएको दिन सबै रहस्य खोलिदिनेछन् । लाईम लाईट नेपाल बाट ।

यो पनि पढ्नुहोस हाम्रो आसपास केहि यस्ता व्यक्ति पनि हुन्छन् , जसले आफ्नो जीवनको मुस्किल भन्दा मुस्किल परिस्थिति पनि हल गर्छन् | यिनीहरुलाई देखेर मनमा यो कुरा आउन सक्छ कि यिनीहरुमा त्यस्तो के गुण छ त ? ज्योतिषशास्त्रका अनुसार केहि राशिका व्यक्तिहरु हुन्छन् जसको भाग्य निकै बलियो हुन्छ | यतिमात्र होइन यिनीहरुको भाग्यको असर उनीहरुको जीवनसाथीमा पनि पर्छ |

वृष राशि शुक्र ग्र’ह यस राशिको स्वामी हो, जसका कारण अरु राशिका व्यक्तिहरु यस राशिका व्यक्तिसँग सजिलै आकर्षित हुन्छन्। यो मानिन्छ कि यस राशि का मानिस निकै भाग्यमानी हुन्छन्। यो विश्वास छ कि यो राशिका मानिसहरुलाई सम्मान र धनको कहिल्यै अभाव हुँदैन।

कर्कट राशि चन्द्रमा कर्कट राशिको स्वामी हो। यो राशिका मानिस धेरै मेहनती हुन्छन्। यस राशिका व्यक्तिहरूले आफ्नो जीवनमा आफैँ परिश्रम गरेर सफलता पाउँछन्। यिनीहरुलाई भाग्यले पनि सधैं साथ दिन्छ। यिनीहरु जुनसुकै काममा पनि सजिलैसँग सफल हुन्छन्।

सिंह राशि सूर्य सिंह राशिको स्वामी हो। सूर्यलाई ज्योतिषशास्त्रमा सौभाग्य र उर्जाको प्रतीक मानिन्छ। यो राशिका व्यक्तिहरूले आफ्नो उर्जाको कारण सौभाग्य प्राप्त गर्छन्। यस राशिका मानिसहरु आफ्नो सामर्थ्यशाली व्यक्तित्वको साथ समाजमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल हुन्छन्।

वृश्चिक राशि मंगल ग्रह वृश्चिक राशिको स्वामी हो। यस कारणले गर्दा, यी मानिसहरू बुद्धिमान हुन्छन्। यी व्यक्तिहरू आफ्नो बुद्धि र विवेकको कारण विश्वलाई जित्न सक्ने सामर्थ्य राख्छन्। साथै, भाग्य पनि सँधै यिनीहरुको साथ हुन्छ।