Jagaran Nepal सोमबार, आश्विन ०४, २०७८

एजेन्सी । तपाइँले विवाहका अनौठा परम्पराहरु सुन्नुभएकै होला । तर यो परम्परा अझै अनौठो छ । छिमेकी देश भारतमा एउटा यस्तो गाउँ छ जहाँ विवाहित महिलाहरुले ५ दिनसम्म कपडा नै लगाउँदैनन् । ती पाँच दिन महिलाहरु निर्वस्त्र रहन्छन् ।

भारतको हिमाञ्चलस्थित पिणी गाउँमा वर्षौँदेखि यो संस्कार चलिरहेको छ । मणिकर्ण उपत्यकास्थित यो गाउँमा विवाहित महिलाहरुले ५ दिनसम्म अन्य कपडा जिउमा लगाउँदैनन् र केवल ऊनबाट बनेको पछ्यौराले जिउ छोपेर बस्दछन् ।