Jagaran Nepal सोमबार, आश्विन ०४, २०७८

काठमाडौ । सन्तान नहुनु महिलाको मात्र कमजोरी होइन । वास्तावमा बच्चा जन्मने र नजन्मने महिला पुरुषमा बराबर भर पर्छ । तर समाजमा सन्तान नहुनुको जिम्मेवार महिलालाई मात्र बनाउने गरिएको छ ।

सन्तान नहुँदाको पिडा एउटी महिलाले कति सम्म भोग्नु पर्छ भन्ने उदाहरण एक महिलाले भोगेकी छन् । आफुसँगबाट सन्तान नजन्मिएपछि श्रीमानले नै श्रीमतीलाई ससुरासँग पठाइदिएका छन् ।

खबर नेपालको भने हैन । तर विश्वकै ठूलो हिन्दु देश नेपालको छिमेकी भारतको भने हो । श्रीमानको इच्छा अनुसार महिलाले ससुरासँग रात विताउनु परेको छ । भारतको उत्तर प्रदेशमा एक जोडीको विवाह भएको २ वर्षसम्म लगातार प्रयास गर्दा पनि सन्तान जन्मिएनन् ।

आजतकका अनुसार सन्तान नजन्मिएकै कारण ति पुरुषले ३ पटक विवाह गरिसकेका थिए । यो उनको चौथो पटकको विवाह थियो । चौथो पटक विवाह गरेकी श्रीमतीबाटपनि सन्तान नभएपछि बल्ल उनको स्वास्थ्य परीक्षण गरियो । त्यसपछि बल्ल थाहा भयो की सन्तान नहुनुको कारण उनी नै रहेछन् । अहिलेसम्मका श्रीमती हैनन् ।

त्यसपछि उनले सहमतिमा नै आफ्ना बुवासँग सन्तानका लागि श्रीमती पठाउन राजि भए । तर विवसता ससुरासँगको सम्बन्धमापनि उनी बाट सन्तान भएन । त्यसपछि उनलाई त्यो घरबाट नै अलग गरियो ।

महिलालाई घरबार बिहिन बनाएपछि मात्र यो कुरा बाहिर आयो ।त्यो समयसम्म यो कुरा घरभित्र नै थियो ।त्योबीचमा ससुरासँगबाटपनि सन्तान नभएपछि परिवारको सहमतिमा ती महिलालाई देवार अर्थात पुरुषका भाइसँग पठाउँने निर्णय भयो । तर ती महिलाले अस्वीकार गरिन् ।

घरका सबैसँग त्यसरी बसेमा आफु मानिस सरह जीउन नपाउँने भन्दै उनले त्यो प्रस्ताव अस्वीकार गरिन् । तर घरपरिवारले दवाव दियो । त्यसपछि त्यो मामला प्रहरीमा पुग्यो । महिलाले उजुरी लिएर प्रहरी समक्ष पुगिन् । अहिले उक्त परिवारका सबै पक्राउ परेका छन् ।