Jagaran Nepal शनिबार, आश्विन ०२, २०७८

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
असोज महिनामा नयाँ कार्यको थालनी हुनेछ । वाहन लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ, तर मध्य महिनामा भने स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । पुँजी बजारको लगानी पनि त्यति राम्रो नहोला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्धबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
असोज महिनामा नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाइएला । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्यबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
असोज महिनामा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
असोज महिनामा जोश, जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिनामा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । मध्य महिनामा वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद बिक्रीको योग छ । सफल यात्रा पनि हुन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
असोज महिनामा सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । रमाइलो भेटघाट हुनेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । महिनाको अन्त्यमा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिनामा लामो यात्रा सुखद् र सफल हुनेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुन सक्छ । प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
असोज महिना राम्रो फल मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ । वैदेशिक यात्राको योग पनि छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
असोज महिनामा त्यति राम्रो फल मिल्नेछैन अतः मिश्रित पहल मिल्नेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । महिनाको मध्यबाट आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिनामा मीन राशिका व्यक्तिहरूलाई स्थान परिवर्तनका विशेष योग देखिन्छन् । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।