Jagaran Nepal शनिबार, आश्विन ०२, २०७८

मोरङ । पाठेघर क्यान्सरबाट पी डि त एक युवतीले सहयोग गर्न सर्वसाधरण तथा निकायलाई आग्रह गरेकी छन् । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का प्रसादसिंङ लिम्बूका ३१ वर्षीय छोरी सलिनाले उपचारका लागि आर्थिक सहयोग गर्न याचना गरेकी हुन् ।

केही समयअघि चेकजाँच गर्दा पाठेघरको क्यान्सर संक्रमण देखिएको थियो । हाल नेपाल क्यान्सर हस्पिटल हरिसिद्धी ललितपुरमा उपचार गराइरहेकी सलिनाको परिवार आर्थिक रुपमा बिपन्न रहेको र अहिलेसम्म उपचार गर्दा घरमा भएको सबै रकम सकिएको बताइएको छ ।

आर्थिक स्थती ज्यान कमजोर रहेको सलिनाको उपचारका लागि देश तथा बिदेशबाट सहयोग गर्न चाहने सर्वसाधरणले एनएमबी बैंकको खाता नम्बर ०७३००४७३८४००००११ मार्फत जम्मा गर्न सकिनेछ । त्यस्तै नेपाल बैंक लिमिटेडको खाता नम्बर १२६०१६०७०९८७९५०००००१ मार्फत जम्मा गर्न सकिने परिवारजनले जानकारी दिएको छ ।