Jagaran Nepal शनिबार, आश्विन ०२, २०७८

धेरैले त भूतमै बिश्वास गर्दैनन् । तर कतिको मान्यता भने भूत हुन्छ भन्ने छ । बेलायतमा भने एक अनौठो घटना भएको छ । त्यहाँ एकजना धार्मिक परिचारिका (नन) को पहिरनमा रहेकी एक महिलाले एउटा चिहान परिसरमा मानव अस्थि पन्जरसंग नाच्दै गरेको दृश्य देखेर थुप्रै मानिस अचम्भित भएका छन् ।

यो घटना पुरानो हल जनरल चिहानमा भएको हो । सो देश्यका एक प्रत्यक्षदर्शीले भनेका छन् , ‘ति महिला हाइमर्स स्कूल सामुन्नेको स्प्रिंग ब्याँक वेस्ट स्थित चिहानमा कं का लसंग नाचिरहेकी थिइन् । सो अनौठो खाले दृश्यले धेरैको ध्यान आकर्षण गरिरहेको थियो ।

नजिकै वरपरबाट र कारमा गइरहेका मानिसहरु रोकेर उनको नाच हेरिरहेका थिए । ’ एकजना मानिसले रातको करिव १२ बज्न लाग्दाको सो दृश्यको फिल्म खिच्न पनि भ्याएका थिए । यो घटना कुनै ख्याल ठट्टा वा कलाकारिताको परियोजनाको अंश हो भन्ने स्पष्ट हुन सकेको छैन । ति रहस्यात्मक महिला सामु एउटा कुकुरको अस्थिपन्जर पनि देखिन्थ्यो ।

यो हल जनरल चिहान झण्डै पचास वर्षदेखि प्रयोगमा ल्याइएको छैन । सन् १९७२ मा अचानक बन्द गरिएपछि यो चिहान ऐतिहासिक स्थल बन्न पुगेको थियो। मानिसहरु त्यहाँ सन् १८४९ को हैजाको महामारीमा ज्यान गुमाउनेहरुका चिहान हेर्न जाने गर्दछन् ।