Jagaran Nepal शुक्रबार, आश्विन ०१, २०७८

एजेन्सी । कमेडियन कृष्णा अभिषेक र उनका मामा माइजुबीचको विवाद ३ वर्ष अघि देखि जारी छ । अब भने कृष्णले यो विवादले आफुलाई दिक्क लागेको बताएका छन् । उनले आफ्ना मामा गोविन्दा र माइजु सुनितासँग माफी मागेका छन् । उनले आफुले बारम्बार माफी माग्दा पनि माफी नदिएको प्रति पनि दुख ब्यक्त गरेका छन् ।

सन् २०१८ मा कृष्णाकी श्रीमती कश्मीरा शाहले गरेको एक ट्विटका कारण उनीहरुबीच विवाद भएको हो । कश्मीराले ट्वीटमा केही मानिसहरु पैसाको लागि नाच्ने गरेको आरोप लगाएकी थिइन् । सुनिताले कश्मीराको ट्विट गोविन्दाप्रति लक्षित रहेको आरोप लगाए पछि विवाद चुलिएको हो । सन् २०१९ मा जब सुनिता र गोविन्दा ‘द कपिल शर्मा शो’मा पुगेका थिए, सो समय उनीहरुले कृष्णासँग स्टेज शेयर गर्न अस्विकार गरेका थिए ।

कृष्णाले केही हप्ता अगाडि ‘द कपिल शर्मा शो’मा पुगेका गोविन्दा र सुनितासँग स्टेज शेयर गर्न अस्विकार गरे । यसपछि, सुनिताले एक भारतीय मिडियालाई अन्तरवार्ता दिँदै आफुले कृष्णाको अनुहार पनि हेर्न नचाहेको बताएकी थिइन् । त्यस बाहेक उनले कृष्णा र उनको परिवारलाई अन्य आरोप पनि लगाइन् ।

सुनिताको यो भनाई सार्वजनिक भए पछि कृष्णले पनि प्रतिकृया दिएका छन् । कृष्णाले उनीहरुसँग माफी मागेका छन् । हालैमात्र, एक मिडियामा अन्तरवार्ता दिदै कृष्णाले भनेका छन्–‘मलाई थाहा छ कि, मेरी माइजुले मेरो बिषयमा धेरै कुरा बोल्नुभएको छ । सुनेर मलाई दुःख लाग्यो ।

तर, मलाई लाग्छ कि उहाँहरु मसँग रिसाउनुभएको छ । किनकी, मलाई उहाँहरुले निक्कै माया गर्नुहुन्छ । जसले तपाइलाई सबैभन्दा धेरै प्रेम गर्छ उसैले नै अनुहार हेर्न नै चाहन्न जस्ता कुरा गर्छ । यस्तो शब्दहरु माता–पिताले मात्र बोल्न सक्छन् । गोविन्दा र सुनिता मेरो लागि माता–पिता जस्तै हुनुहुन्छ ।’

कृष्णले अगाडि भनेका छन्–‘म मामा र माइजुलाई निक्कै माया गर्छु । म उहाँहरुसँग माफी माग्न चाहन्छु । मैले कैयौं पटक माफी माग्ने कोशिश पनि गरेको थिएँ । तर, उहाँहरुले मलाई किन माफी दिन चाहनुभएको छैन, मलाई पनि थाहा छैन । मैले कैयौं पटक माफी माग्दा पनि हाम्रो स म्ब न्ध सुध्रिएको छैन । म मामा र माइजुलाई निक्कै प्रेम गर्छु । मलाई यो दु श्म नीले दिक्क बनाउँछु । म भित्रैबाट दुःखी छु ।’