Jagaran Nepal बिहिबार, भाद्र ३१, २०७८

एजेन्सी । करीना कपुरका बारेमा निकै चर्चा गरिएको फिल्म सीतामा अन्तत अभिनेत्री कंगना रनौत देखिने भएकी छन् । उनले सो फिल्ममा सीताको भूमिका गर्ने भएकी छन् । सुरुमा निर्माताले सो फिल्मका लागि करीनालाई अफर गरेको कुरा भारतीय मिडियाले उल्लेख गरेका थिए । करीनाले सो फिल्मका लागि १२ करोड रुपैया पारिश्रमिक मागेको चर्चा चलेको थियो ।

साथै सीता विशुद्ध हिन्दु धर्मको एक महत्वपुर्ण पात्र भएका कारण करीनालाई सो फिल्ममा सीताको भुमिका दिन नहुने भन्दै विरोध समेत गरिएको थियो । निर्देशक अलौकिक देशाइले फिल्म ‘सीता एक अवतार’को मुख्य भूमिकामा कंगना अनुबन्धित भएको पुष्टि गरेका छन् ।

‘सीता एक अवतार’को मुख्य कंगना नै सीताको भूमिकामा देखिने निर्देशक देशाइ र कंगनाले फेसबुकमार्फत् जानकारी दिएका हुन्। निर्देशक देसाइले सीताको सु टि ङ आरम्भ भएको समेत उल्लेख गरेका छन्।

‘ब्रम्हाण्डले ती व्यक्तिलाई मद्दत गर्छन् जो विश्वास सहित समर्पित हुन्छन्। अहिलेसम्म नखोजिएको पवित्र चरित्रको सपना, जो वास्तविकतामा परिणत हुँदैछ। कंगनालाई सीताको रुपमा देख्न निकै उत्साहित छु,’ उनले लेखेका छन्।

करिनाले ‘सीता’को भूमिका निर्वाह गर्न नहुने भन्दै हिन्दु कट्टरपन्थी संगठनहरुले विरोध समेत गरेका थिए। कंगनाले सो फिल्मका लागि कति पारिश्रमिक लिइन् भन्ने खुलाईएको छैन ।